काठमाडौं– सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै […]
काठमाडौँ- नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ । यस दिन तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको स्वाद लिएर रमाइलो गरिन्छ ।
यति बेला साेह...
माघे सङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो । माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग […]
माघे सङ्क्रान्तिलाई ध्यानमा राखी दक्षिण इलामको चुलाचुली किसानलाई अहिले तरुल बेच्न भ्याइ नभ्याइ छ । माघे सङ्क्रान्तिमा तरुलको माग अत्यधिक हुने भएकाले चुलाचुलीका किसान मौका छोपेर तरुल बेच्न तराईका बजारमा व्यस्त छन् ।
माघे सङ्क्रान्तिमा अनिवार्य कन्दमूल खाने भएकाले किसानले यसलाई तरुल बिक्री गर्ने उचित अवसरका रूपमा लिएका छन् ।
इलामको चुलाचुली गाउँपालिका–१ की विष्णु राईले घरबारीमा रोपेको सिमल तरुल केही मात्र बाँकी राखेर बजार पु¥याएको बताउनुभयो । उहाँले पछिल्लो केही वर्षदेखि तरुल बेचेर नै घरव्यवहार टार्दै आएको बताउनुभयो ।
उहाँ जस्तै सोही क्षेत्रका देउमान आङ्थुपोको पनि यो वर्ष सधैँभन्दा राम्रो उत्पादन भएको छ । यस वर्षको माघे सङ्क्रान्तिका लागि नै भनेर सिमल तरुल १० कट्ठामा लगाउनुभएको छ । अघिल्लो वर्ष उहाँले यो खेतमा धान रोप्नुभएको थियो ।
केही सातादेखि अहिले घरघरमा व्यवसायीहरू सिमल तरुल खोज्दै आउने गरेको किसानको भनाइ छ । धेरै किसानको त बारीमै खरिद गर्न व्यापारी पुग्ने गरेको नैनाकला पौडेलले सुनाउनुभयो । चुलाचुली गाउँपालिकामा मात्र वार्षिक ५० देखि ६० मेट्रिक टन सिमल तरुल उत्पादन हुने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । यो क्षेत्रमा ३५० देखि ४५० हेक्टर क्षेत्रफलमा सिमल तरुल खेती हुने गरेको छ ।
दाङ: माघे संक्रान्तिले गर्दा दाङका बजारमा निक्कै चहल-पहल बढेको छ। बजारमा विशेषगरी तरुल, गञ्जी र सखर खण्डको किनमेल गर्नेको भीडभाड भएको पाइन्छ। जसले गर्दा बजारमा गन्जी र तरुलको व्यापार समेत बढेको। अन्य समयमा बजारमा किन्न खोज्दा पनि मुस्किल पाइने तरुल, गञ्जी र सखरखण्ड माघे संक्रान्तिले गर्दा बजारको चोक-चोकमा बेच्न...