थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालन

दमौली– पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो ।  म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक दुईतर्फी सञ्चालनका लागि […]

सम्बन्धित सामग्री

उपत्यकाका तीनवटा सडक खण्डलाई एकतर्फी बनाइँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ। महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो। अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइँदैन। त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन ह

पूर्व–पश्चिम राजमार्गलगायत दाङका सबै सडक एकतर्फी खुले

दाङ - पहिरोका कारण दुई दिनदेखि बन्द पूर्व–पश्चिम राजमार्गको दाङ खण्डलगायत दाङका सबै सडक एकतर्फी खुलेका छन्। गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटमा भालुवाङ सडक खण्ड, लमही–घोराही सडक खण्ड, अमिलिया–लमही सडक खण्ड, भालुवाङदेखि प्युठान जोड्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि सञ्चालन भएको छ । दाङको सदरमुकाम लमही प्रवेश गर्ने मुख्य सडक लमही–घोराही सडक खण्ड पनि केहीबेर अघिदेखि ...

एकतर्फी रुपमा सञ्चालनमा आयो बुटवल-पाल्पा सडक

बुटवल : बिहीवार बेलुकादेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले केहिबेर अघिबाट सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जानकारी दिए। पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा बिहीवार अपराह्न ४ बजे ४० मिटर सडक सवारी साधन सञ्चालन गर्न नमिल्नेगरी भासिएको…

नागढुङ्गा–नाैबिसे सडक खण्ड एकतर्फी सञ्चालन

काठमाण्डौ - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नाैबिसे सडक खण्डमा बिहानैदेखि आलोपालोमा गाडी चलिरहेका छन् । यो सडक खण्ड अन्तर्गत पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले सडक एकतर्फी मात्रै खुलेको छ । एकतर्फी मात्रै सडक खुलेकाले आलोपालो गरेर गाडी पास गराइएको प्रहरीले जनाएको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ । अहिले पनि यो सडकमा गाडीको लामो लाइन लागेको छ । यसैबीच, सडकमाथिबाट खसेको ढुङ्गाका कारण काठमाण्डौ र नुवाकोट चल्ने गाडी पनि रोकिएका छन् । नुवाकोट...

नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्रै सञ्चालन

काठमाडौं, असार १० । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेको छ। बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन्। वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।

नागढुङ्गा-नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ । नागढुङ्गा भन्दा केही तल बस बिग्रिएकाले नागढुङ्गा-नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेकाे हाे । यसले गर्दा चाप बढेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बिग्रिएको बसलाई बनाउने काम भइरहेको छ । बस बनेपछि सडक दुईतर्फी नै खुलाइने छ । यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् । साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।

अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

पहिरोले अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

नारायणघाट-मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो : नवलपरासी खण्ड पनि एकतर्फी सञ्चालन

काठमाण्डाै - नारायणघाट मुग्लिन सडक खण्ड दुईतर्फी रुपमा नै सञ्चालनमा आएको छ । गएराति १७ किलोमा सडक भासिएपछि एकतर्फी मात्र सञ्चालन भएको सडक अहिले दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ । लगातार पानी परेर सडक भासिएपछि सडकमाथिबाट डाइभर्सन बनाएर एकतर्फी मात्रै गाडी आवतजावत गर्दा १७ किलो आसपासको क्षेत्रमा जाम थियो । अहिले भने गाडीहरु गन्तव्यतर्फ लाग्न थालेकाले जाम कम भएको छ । पूर्व-पश्चिम राजमार्गको पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण बन्द सडक भने एकतर्फी खुलेको छ । कटान गरेको ठ...

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

चितवन, २१ असार । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । विभिन्न स्थानमा पहिरो गएर सोमबार बिहानै बाट सडक अबरुद्ध भएको थियो । सेतीदोभान, १४ किलो लगायतका स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले अत्यावश्यक सवारी साधनहरुले बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।-नारायणीअनलाइनबाट

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको सडक केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । अहिले पहिरो हटाउन क्रम जारी रहेको र सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई गन्तव्यतिर पठाउने क्रम चलिरहेको छ । दुईतर्फी सडक सञ्चालनमा आउन भने केही समय लाग्ने […]