पूर्व–पश्चिम राजमार्गलगायत दाङका सबै सडक एकतर्फी खुले

दाङ - पहिरोका कारण दुई दिनदेखि बन्द पूर्व–पश्चिम राजमार्गको दाङ खण्डलगायत दाङका सबै सडक एकतर्फी खुलेका छन्। गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटमा भालुवाङ सडक खण्ड, लमही–घोराही सडक खण्ड, अमिलिया–लमही सडक खण्ड, भालुवाङदेखि प्युठान जोड्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि सञ्चालन भएको छ । दाङको सदरमुकाम लमही प्रवेश गर्ने मुख्य सडक लमही–घोराही सडक खण्ड पनि केहीबेर अघिदेखि ...

सम्बन्धित सामग्री

घोराही–लमही सडक एकतर्फी सञ्चालनमा

२२ असोज, दाङ । शुक्रबार राति पहिरोका कारण अवरुद्ध लमही–घोराही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । लगातार वर्षाका कारण शुक्रबार राति मसोट खोला नजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउनेक्रममा अहिले मोटरसाइकल र साना गाडी एकतर्फी रुपमा चल्ने गरी सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले जानकारी दिए । सडक […]