नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको सडक केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । अहिले पहिरो हटाउन क्रम जारी रहेको र सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई गन्तव्यतिर पठाउने क्रम चलिरहेको छ । दुईतर्फी सडक सञ्चालनमा आउन भने केही समय लाग्ने […]

सम्बन्धित सामग्री

साँझदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन : पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार साँझ ५ः४० बजेदेखि सडकमा दुईतर्फीरुपमा सवारी साधन चलन थालेका हुन् । चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुल नजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि दुईतर्फी नै  सवारी आवागमन रोकी पहिरो पञ्छाउने काम सुरु गरिएको थियो । सडक

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान २ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । लेदो हटाएर आज बिहान ५ बजेदेखि दुइतर्फी सञ्चालन गरिएको सडकमा पुन ६ बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले पुनः लेदो हटाएर सडक […]

राति अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

मुग्लिन : भरतपुरको खहरेखोलामा लेदो झरेर राति अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको थियो ।सडकमा पुन: ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो। अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्च

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडाैँ- वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहाज २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो। लेदो हटाएर बिहान ५ः१० बजे दुईतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन: ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो। अहिले ६ः३० बजेदेखि लेदो […]

नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्रै सञ्चालन

काठमाडौं, असार १० । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेको छ। बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन्। वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई […]

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई आज बिहान ७ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।ओभरटेक नगरिकन आफ्नो लेनमा रही ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफ

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

चितवन, २१ असार । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । विभिन्न स्थानमा पहिरो गएर सोमबार बिहानै बाट सडक अबरुद्ध भएको थियो । सेतीदोभान, १४ किलो लगायतका स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले अत्यावश्यक सवारी साधनहरुले बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।-नारायणीअनलाइनबाट

पहिरो पन्छाएपछि नारायणगढ - मुग्लिन सडक एकतर्फी खुल्यो

असार १९, चितवन । पहिरो पन्छाएपछि तीन दिनपछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार चारकिलो,पाँचकिलो,सेतिदोभान,घोप्टेभीर र कुरिनटारमा गएको पहिरोको कारण उक्त सडकखण्ड  दुईतर्फी अवरुद्ध बनेको थियो । सो अवधिमा आंशिक रुपमा एकतर्फी रुपमा खुलेपनि बिहान सवा ९ बजे यी स्थानहरुको पहिरो पन्छाएर एकतर्फी रुपमा ल्याउन सकिएको ट्राफिक प्रमुख भगवानराज थापाले जानकारी दिए ।  सेती दोभानमा ठूलो पहिरो गएको र दासढुंगा नजिक ठूलो ढुंगा खसेकोले दुईतर्फी खुल्न अझै समय लाग्ने थापाले बताए । ‘एकतर्फी त सञ्चालनमा ल्याएका छौं थापाले भने, दुईतर्फी सञ्चालनमा आउन त एकहप्तानै लाग्ला ।’  उनका अनुसार सेती दोभानमा पहाडनै खसेकोले सबै पहिरो पन्छाएर सञ्चालनमा आउन समय लाग्ने भएको हो ।  दासढुंगा नजिक खसेको ठूलो ढुंगा भने फुटाउने काम भइरहेको  उनले बताए । हाल अत्यावश्यक काम र विवाहका बसहरु गन्तव्यतर्फ पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।  सवारीको अत्याधिक चाप बढेकोले ट्राफिक प्रहरीले चालकलाई आफनो लेन अनुसार  र ट्राफिक संकेतको पालना गरी सवारी साधन सञ्चालन गर्न अनुरोध गरेको छ ।