काठमाण्डाै - नारायणघाट मुग्लिन सडक खण्ड दुईतर्फी रुपमा नै सञ्चालनमा आएको छ । गएराति १७ किलोमा सडक भासिएपछि एकतर्फी मात्र सञ्चालन भएको सडक अहिले दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
लगातार पानी परेर सडक भासिएपछि सडकमाथिबाट डाइभर्सन बनाएर एकतर्फी मात्रै गाडी आवतजावत गर्दा १७ किलो आसपासको क्षेत्रमा जाम थियो । अहिले भने गाडीहरु गन्तव्यतर्फ लाग्न थालेकाले जाम कम भएको छ ।
पूर्व-पश्चिम राजमार्गको पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण बन्द सडक भने एकतर्फी खुलेको छ । कटान गरेको ठ...