अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । सरकारले कार, जीप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाइएको थियो । आज नाडाका अध्यक्ष धु्रवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाईएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो । देशमा विदेशी मुद्रा सञ्चितिमा …