भरतपुरमा रोकिएको मतगणना सुचारू गर्न सर्वदलीय बैठक जारी

चितवन- विवादपछि मतगणना स्थगित भएपछि चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । विवाद समाधान गरी मतगणना अघि बढाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो । मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको थियो । नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको थियो । एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न […]

सम्बन्धित सामग्री

मतगणनाका लागि ओखलढुंगामा सर्वदलीय बैठक जारी

काठमाडौं : ओखलढुंगामा सर्वदलीय बैठक सुरु भएको छ। ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत टीकाराम आचार्यका अनुसार सबै ठाउँबाट मतपेटिका ल्याएपछि बैठक सुरु भएको हो।अहिले बैठक जारी रहेको र बैठक सकिएपछि मतगणना कार्य थालिने उनको भनाइ छ। नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज सुनुवार छन्। उनीहरूको कडा प्रतिस्पर्धा हुने देखिएको छ।

जुम्लामा सर्वदलीय बैठक जारी, लगत्तै मतगणना सुरु हुने

जुम्लामा मतगणनाको तयारी भइरहरेको छ । मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

दाङको मतगणना सुरु गर्ने तयारी

५ मंसिर, दाङ । दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ । लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । भालुबाङको एक केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले […]

रुपन्देही-५ को मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

रुपन्देही क्षेत्र नम्बर ५ को मतगणनाको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु हुनेछ ।

काठमाडौं- ५ मा सर्वदलीय बैठक जारी, सकिएलगत्तै मतगणनाकाे तयारी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरु हुनुपूर्व सर्वदलीय बैठक बसिरहेको छ ।

मतगणना सुचारु गर्न तिलोत्तमामा सर्वदलीय बैठक जारी

।  रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ । मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली काँग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि काँग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधपछि रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेकाे हो।निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ । ति

वीरगन्ज महानगरपालिको मतगणना सुरु गर्न सर्वदलीय  बैठक जारी

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु गर्न सर्वदलीय बैठक बसेको छ । वीरगन्ज १४ को नृसिंह माविमा सर्वदलीय बैठक बसेको हो ।  बैठकमा मतगणनाको कतिबेलादेखि टुंगो लाग्ने भन्नेबारे तय हुने निर्वाचन कार्यालयले जनाएको...

मोरङको कानेपोखरीमा मतगणना सुरू, विराटनगरमा सर्वदलीय बैठक जारी

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिकामा मतगणना सुरु भएको छ। ३४  हजार ४५ मतदाता रहेको कानेपोखरीमा २२ हजार सात सय ३३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।कानेपोखरीको वडा नम्बर १ मा दुई हजार छ सय ९०, २ मा तीन हजार सात सय २४, ३ मा दुई हजार नौ सय चार, वडा नम्बर ४ मा तीन हजार दुई सय ६८, वडा नम्बर ५ मा तीन हजार आठ सय २५,  वडा  ६ मा तीन हजार छ सय २० र वडा नम्बर ७ मा दुई हजार सात सय दुई मत खसेको थियो। विराटनगर महानगरपालिकामा भने मतगणनाका लागि सर्वदलीय बैठक सुरू भएको छ। &nbs

मतगणनाका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक जारी

मतगणना सुरु गर्नका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको आधारमा मतगणना सुरु गरिने जनाइएको छ । जनकपुरको मेयरमा एमालेबाट शिव शंकर साह, जसपाबाट लाल किशोर साह, लोसपाबाट मनोज चौधरी र राप्रपाबाट किसा गिरीलगायतका उम्मेदवार रहेका छन् ।