६ जिल्ला र १०९ स्थानीय तहले पठाएनन् कोरोनाविरुद्धको खोपको विवरण

२४ माघ, काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउनेमा ६ जिल्ला र १०९ स्थानीय तह रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउने जिल्ला तथा स्थानीय तहलाई अनिवार्य रुपमा यथाशीघ्र विवरण पठाउन भनेको छ । […]

सम्बन्धित सामग्री

भूकम्प पीडितलाई सल्यानका स्थानीय तहले २० लाख सहयोग गर्ने

सल्यान : सल्यानका सबै पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। दशवटा पालिका रहेको सल्यानमा प्रत्येक पालिकाले २ लाखका दरले २० लाख रकम भूकम्प प्रभावितका लागि सहयोग गर्ने भएका हुन्।आइतबार सल्यान खलंगामा बसेको स्थानीय तहको संयुक्त बैठकले एकद्वार प्रणालीमार्फत जिल्लाका १० स्थानीय तहले २ लाखका दरले २० लाख सल्यान जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सभापति बेलाराम रावलले जानकारी दिए।जम्मा भएको रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रत

झापाका स्थानीय तहले बुझाएनन् पूर्ण खोपको प्रतिवेदन

बनियानी – झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन्। पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए। जिल्लाका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाले मात्र प्रतिवेदन बुझाएको छ। प्रतिवेदन नबुझाएका कारण […]

रोल्पाका तीन स्थानीय तहले राखे आफ्नै नगर/गाउँ प्रहरी

काठमाडौं : रोल्पाका तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन्। रोल्पा नगरपालिका सहित रुन्टिगढी र माडी गाउँपालिकाले आफ्नै नगर/गाउँ प्रहरी भर्ना गरेका हुन्। रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने रुन्टिगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन्। रुन्टिगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ। रोल्पा नगरपालिकाले तीन महिलासहित…

बाजुरालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ।

जिल्ला समन्वय समितिलाई ‘टेर्दैनन्’ रोल्पाका स्थानीय तह

१३ साउन, रोल्पा । आर्थिक वर्ष २०७८/७९ को समीक्षा गर्ने भन्दै जिल्ला समन्वय समितिको कार्यालय रोल्पाले जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गर्यो । करिब १ हप्ता अघि गरिएको पत्राचार बमोजिम जिल्लाका सबै स्थानीय तहले आफूले वर्षभरि सम्पादन गरेका कार्यक्रमको प्रस्तुतीकरण गर्नुपर्ने थियो । इमेलबाट र फोनबाट खबर पाएका जिल्लाका दश मध्ये ६ स्थानीय तहहरु […]

म्याग्दीका स्थानीय तहले ल्याए २ अर्ब,९७ करोडको बजेट

म्याग्दी :  एक नगरपालिका र ५ वटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि २ अर्ब ९७ करोड ८२ लाखको बजेट पारित गरेका छन्।शुक्रवार सम्पन्न जिल्लाका ६ वटै स्थानीय तहहरूको नगर तथा गाउँसभा उक्त बजेट पारित गरिएको हो।जिल्लाको एक मात्र नगरपालिका बेनी नगरपालिकाको बेनीमा सम्पन्न एघारौँ अधिवेशनले  ७३ करोड २२ लाखको बजेट पारित गरेको छ। ‘कृषि, पर्यटन र पूर्वाधार :  स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारालाई आत्मसाथ गर्

कोरोनाविरुद्ध खोप : ७१ जिल्ला र ६४४ स्थानीय तहले मात्र पठाए विवरण

काठमाडौं : अहिलेसम्म ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले मात्र कोरोनाविरुद्ध खोपको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका छन्।मन्त्रालयका अनुसार ६ जिल्ला र  १०९ वटा स्थानीय तहले खोपको विवरण पठाएका छैनन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोपको मौज्दात र खोप लगाएका सबैको अभिलेख उपलब्ध गराउन यसअघि निर्देशन दिएको थियो।मन्त्रालयले विवरण नपठाउने ६ जिल्ला र १ सय ९ वटा स्थानीय तहलाई यथाशिघ्र विवरण पठाउन फेरि निर्देशन दिएको छ। मन्त्रालयले सबै स्था

‘स्थानीय तहले सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्छ’

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका चार वटा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरेका आयोजनाका विवरण प्रस्तुत गरेका छन् । जिससमा आज (बिहीबार) भएको आव २०७७/७८ को वार्षिक समीक्षा गोष्ठीमा चार वटै नगरपालिकाको प्रस्तुतिपछि प्रतिनिधिसभाका सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले स्थानीय तहले अरुको अस्तित्व स्वीकारे मात्रै सङ्घीयता पूर्ण रुपमा […]

दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने

कोरोना संक्रमण दर घटेको भन्दै दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्का अनुसार स्मार्ट लकडाउन कार्यविधिको मातहतमा रही स्थानीय तहले विद्यालय खोल्न पाउने...

काठमाडौंमा स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी विद्यालय खोल्न पाउने

काठमाडौँ– काठमाडौंँमा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)सँग विद्यालय खोल्न पाउने भएका छन् । जिल्ला प्रशान कार्यालयले विहीबारदेखि स्मार्ट लकडाउनको मापदण्ड पालना गरी विद्यालय खोल्न स्थानीय तहले डीसीएमसीसँग समन्वय गर्न सक्ने निर्णय गरेको हो । प्रशासनले निषेधाज्ञा सम्बन्धी बुधबार आदेश जारी गर्दै भौतिक रुपमा विद्यालय नखोल्ने तर खोल्नै परे स्थानीय तहले डीसीएमसीसँग समन्वय […]