काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक संघ, संस्थालाई बाल सुधारगृह सञ्चालन गर्न नदिने बताएका छन्।मंगलवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। बाल सुधारगृहको व्यवस्था नभएका वेला सामाजिक संघ, संस्थाले बाल सुधारगृह सञ्चालनका लागि जिम्मेवारी पाए पनि अब भने आफैँले सबै बाल सुधारगृह सञ्चालन गरेर अघि बढाउने कुरामा सरकार गम्भीर रहेको मन्त्री आचार्यको भनाइ थियो।उनले लागुऔषधमा फसेका र १८ वर्षभन्दा