चन्द्रौटा : महिला‚ बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला कपिलवस्तु आएका उनले महिलाहरूलाई अब आत्मनिर्भर बनाउने गरी मन्त्रालयले काम गर्ने दावी गरे।नेपाली काँग्रेस शिवराज नगर समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री आचार्यले जिल्लामा विभिन्न परियोजनाहरू ल्याउने र त्यसमा स्थानीयहरूलाई रोजगारीको सुनिश्चितता गर्ने बताए।विकासमा पछि परको कपिलवस्तुमा ठूला परियोजना ल्याई विकास गर्न