कार्यक्रम कार्यान्वयन गर्न बजेट नै भएन : मन्त्री आचार्य

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण विभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले बजेट अभावका कारण कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए । बैठकमा उनले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्नेमा जोड दिए । […]