काठमाण्डाै - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ।
स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अङ्क प्राप्त गर्न सफल भएको छ ।
वर्षमा दुईपटक अनुगमन मूल्याङ्कन हुने गरेकामा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो । अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका...