लुम्बिनी, १० फागुन । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल देशभरिका सरकारी अस्पतालमध्येमा उत्कृष्ट घोषित भएको छ । यो अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पतालमध्येबाट उत्कृष्ट भएको हो । सेकेन्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिए […]