नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले माग सम्बोधन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नेविसंघले त्रिविको परीक्षा सञ्चालन र प्रश्नपत्रमा देखिएका त्रुटि सच्याउन र दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन गर्दै आएको थियो । नेविसंघले उठाएका मागबारे सहमति भएपछि नेविसंघले त्रिवि पदाधिकारीको कार्यकक्ष र प्रशासनमा गरेको तालाबन्दी खुलाएको हो ।