काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा लामो समयदेखि लागेको ताला खुलेको छ। वार्तापछि करिब तीन महिनादेखि विभिन्न संगठनले लगाएका सबै ताला बिहीबार खोलिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।‘हिजो बिहीबार नेविसंघका पदाधिकारीहरू आएर सबै ताला खोलेका छन्, अहिले भने कुनै कार्यलयमा ताला छैन, सबै कार्यालय खुला भए’‚ उनले भने। त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि ल