काठमाडौं । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सञ्चालक समिति गठन गरेको छ ।
७ सदस्यीय सञ्चालक समितिमा कम्पनीले ६ जना चयन गरेको हो । प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनीत भएका हुन् । सर्वसाधारण समूहबाट भने दीपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् ।
स्वतन्त्र सञ्चालकको मनोनयन तथा अध्यक्ष चयन एकीकृत कारोबारपछिको सञ्चालक समिति बैठकले नियुक्त गर्ने बताइएको छ । प्रभु लाइफको तर्फबाट मनोनीत सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको कम्पनीको भनाइ छ । २०७९ असार ३० गते भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेठ ३ गते भएको अन्तिम सम्झौतामा सातसदस्यीय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो ।