काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दशौं र एघारौं वार्षिक साधारण सभा असार २० गते गर्ने भएको छ । जेठ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समिति सदस्यको निर्वाचन गर्ने र विभिन्न संस्थाहरूलाई आर्थिक सहायता दिएको रकम अनुमोदन गर्ने विषय पनि सभाका लागि तय गरिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा असार ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७४ साल मंसिर २८ देखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो । सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित […]
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा चैत २४ गते गर्ने भएको छ ।
सभा कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुने कम्पनीले जानकारी दिएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।
त्यस्तै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट चञ्चालक निर्वाचन पनि गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यसको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा आगामी चैत ६ गते गर्ने भएको छ । सभा कार्की ब्याक्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो ।
सभाले गत आवको वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकसहित दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १९ देखि चैत ६ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
माघ ९, काठमाडौं । पिपुल्स पावर लिमिटेडले माघ २९ गते पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।
कोरोना ओमिक्रन वेभले गर्दा नेपाल सरकारको निर्णयलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, सञ्चालक समिति पूर्ण गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।
मंसिर २७, काठमाडौं । थ्रि स्टार हाइड्रोपावर लिमिटेडले पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको छ । सभाले कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने र कम्पनीमा एक जना महिला र स्वतन्त्र सञ्चालकसहित नौ जनाको सञ्चालक समिति गठन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
१६ भदौं, काठमाडौं । गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । फाइनान्सले आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको थियो । कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा जारी नै रहेको बेला ७१ जना संस्थाका शेयरधनीहरुले नै साधारणसभा रोकिपाउँ भन्दै जिल्ला प्रशासन कार्याल्यमा उजुरी […]
साउन ३१, काठमाडौं । नेशनल मर्चेण्ट बैंकर लिमिटेडको आठौं वार्षिक साधारण सभा भदौ १२ गते हुने भएको छ ।
कम्पनीले आफ्नै कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजेका लागि सभा बोलाएको हो । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाले शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा विद्यमान सञ्चालक समिति सदस्यहरुको पदावधि सकिएकोले नयाँ सञ्चालक समिति चयन गर्ने, कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि सञ्चालक समितिले गरेको व्यवस्था अनुरुप समझदारी पत्रको अनुमोदन गर्ने पनि रहेको छ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।