बेष्ट फाइनान्समा नयाँ सञ्चालक समिति गठन

असोज १, काठमाडौं । बेष्ट फाइनान्स कम्पनीमा नयाँ सञ्चालक समिति गठन भएको छ ।  कम्पनीको भदौ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन भएका हुन् । संस्थापक समूहबाट सञ्चालकमा लक्ष्मी श्रेष्ठ, राम कृष्ण चौलागाई, रामचन्द्र देवकोटा र सुधिर ज्ञावली रहेको छन् भने सर्वसाधारणको तर्फबाट सञ्चालकमा खिमलाल पौड्याल र श्रीराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।  कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा  खिमलाल पौड्याललाई चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो ।  

सम्बन्धित सामग्री

रुग्ण विराटनगर जुट मिल पुन: सञ्चालनको तयारी

लामो समयदेखि बन्द भएर रुग्णमा परिणत भएको मुलुकको जेठो उद्योग विराटनगर जुट मिल पुन: सञ्चालन गर्न सरकारले तयारी गरेको छ । त्यसका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले राजेन्द्र कार्कीको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको छ ।

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा सदस्य मनोनयन

एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ । ७ सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् । सर्वसाधारण समूहबाट दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । […]

प्रभु महालक्ष्मी लाईफको  सञ्चालक समिति गठन

काठमाडौं । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सञ्चालक समिति गठन गरेको छ । ७ सदस्यीय सञ्चालक समितिमा कम्पनीले ६ जना चयन गरेको हो । प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनीत भएका हुन् । सर्वसाधारण समूहबाट भने दीपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । स्वतन्त्र सञ्चालकको मनोनयन तथा अध्यक्ष चयन एकीकृत कारोबारपछिको सञ्चालक समिति बैठकले नियुक्त गर्ने बताइएको छ । प्रभु लाइफको तर्फबाट मनोनीत सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको कम्पनीको भनाइ छ । २०७९ असार ३० गते भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेठ ३ गते भएको अन्तिम सम्झौतामा सातसदस्यीय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो ।

युनाइटेड अजोडको सञ्चालक समिति गठन, अध्यक्षमा श्रेष्ठसहित ६ जना सञ्चालक चयन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आजाद श्रेष्ठसहित ६ सञ्चालक चयन भएका छन् । साविक अजोड इन्स्योरेन्स कम्पनीको तर्फबाट तीन जना र साविक युनाइटेडको तर्फबाट तीन जना सञ्चालक नियुक्त भएका हुन् । साविक युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रनवकुमार दास, बलराम खनाल र विल्सनमान रञ्जित छन् । त्यस्तै साविक अजोडको तर्फबाट अध्यक्षमा श्रेष्ठसहित मेजर रामबहादुर गुरुङ र पानुदत्त पौडेल चयन भएका छन् । प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावललाई नियुक्त हुनेछन् भने साविक युनाइटेडका अध्यक्ष रवि भक्त श्रेष्ठ सञ्चालक समितिबाट बाहिरिएका छन् । उनीसँगै युनाइटेडबाट प्रियङ्का श्रेष्ठ र रविन्द्रराज पन्त पनि बाहिरिएका छन् । त्यस्तै साविक अजोड इन्स्योरेन्स कम्पनीको तर्फबाट चिरञ्जीवी दावा, सृजना सुवेदी र भानुप्रसाद पौडेल पनि बाहिरिएका हुन् ।   दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गएको पुस अन्तिममा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले करिव साढे चार महिनाको अवधिमा मर्जर प्रक्रिया टुङ्ग्याएका हुन् । दुई कम्पनी विचमा १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

उज्वल थापा फाउन्डेसनको सुरुवात

फाउन्डेसनका कामहरूलाई समाजका सबै क्षेत्रलाई अर्थपूर्ण र उत्पादनशील होस् भन्नका लागि उज्वल थापाकी श्रीमती एरिका अधिकारीको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ।...

सोल्टी होटलको सभा

सोल्टी होटल लिमिटेडको ४७औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । आफ्नो सेवाबाट नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँदै आएको होटलको सभाबाट नयाँ सञ्चालक समिति गठन भएको कम्पनीले जनाएको छ ।...

कम्पनीमा सञ्चालक समिति नियुक्ति

कम्पनीहरू कानूनद्वारा सृजित व्यक्ति भएकाले, कम्पनीले प्राकृतिक व्यक्तिको जस्तो कुरा सोच्न सक्ने वा निर्णय गर्न सक्ने आप्mनै मन मस्तिष्क हुँदैन । कम्पनीको व्यवसायलगायत अन्य कार्य सञ्चालनका लागि कम्पनी ऐनले कम्पनीको सञ्चालक समिति तथा साधारणसभाको व्यवस्था गरेको छ । साधारणसभामा सम्पूर्ण शेयरधनी उपस्थित भई कम्पनीका बारेमा महत्त्वपूर्ण निर्णय गर्छन् । कम्पनीको साधारणसभाद्वारा सञ्चालक समितिको निर्वाचन हुन्छ । कम्पनीको सम्पूर्ण कारोबारको व्यवस्थापन, अधिकारहरूको प्रयोग र कर्तव्यको पालन सञ्चालकहरूले सामूहिक रूपमा सञ्चालक समितिमार्फत गर्छन् । कम्पनीको सञ्चालक समितिले कम्पनीको साधारणसभाको निर्णय र कम्पनीको नियमावलीको परिधिभित्र रहेरमात्र काम–कारोबार सञ्चालन गर्न पाउँछन् । कम्पनीको साधारणसभा र यसको सञ्चालक समितिलाई प्रजातान्त्रिक देशको क्रमशः संसद् (व्यवस्थापिका) र सरकार (कार्यपालिका) सँग तुलना गर्न सकिन्छ । देशको सरकारले जस्तै सञ्चालकले कम्पनीको काम कारबाहीको रेखदेख, अनुगमन, नियन्त्रण तथा कम्पनीको सम्पूर्ण नीति निर्धारण गरी कम्पनीको व्यवसाय वा कारोबार सञ्चालन गरेका हुन्छन् । अतः कम्पनी सञ्चालनमा सञ्चालक समितिको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । एकल शेयरधनी भएको प्राइभेट कम्पनीले नियमावलीमा अन्यथा व्यवस्था गरिएको बाहेक कम्पनीको सञ्चालक समितिबाट गर्नुपर्छ भनिएको सम्पूर्ण कामकारबाही तथा निर्णय एकल शेयरधनीको लिखित निर्णयअनुसार हुन्छ । एकल शेयरधनी भएको प्राइभेट कम्पनीले लिखित निर्णय गरी सञ्चालक समितिले गर्नुपर्ने काम गर्न सक्छन् । र, त्यसका लागि सञ्चालक समितिको बैठक वा साधारणसभा बोलाउनुपर्ने छैन । प्राइभेट कम्पनीको सर्वसम्मत सम्झौतामा सञ्चालक समितिका तथा कम्पनी व्यवस्थापनका सम्बन्धी कुराहरूको उल्लेख गरी संस्थापकबीच हस्ताक्षर गरी कम्पनी संस्थापन गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरी लागू गर्न सकिन्छ । उक्त सम्झौतामा कम्पनीको व्यवस्थापन, व्यवसाय र कारोबार, कम्पनीको पदाधिकारी, कर्मचारी, कामदारको नियुक्तिका शर्तहरू, कम्पनीको सञ्चालक, पदाधिकारी वा अन्तिम जिम्मेवारी वहन गर्ने व्यक्ति वा कार्यकारी प्रमुख को हुने भन्ने कुराहरू, सञ्चालक समिति नरहने कुरा, सञ्चालक समिति नरहने हो भने यस ऐनबमोजिम सञ्चालक समितिले गर्नुपर्ने काम कसले गर्ने हो, सो कुरा, प्राइभेट कम्पनीको सञ्चालकहरूको नियुक्ति र निजहरूको संख्या नियमावलीमा व्यवस्था गरिएबमोजिम हुनेछ । तर, सञ्चालकहरूको संख्या ११ जनाभन्दा बढी भने राख्न सकिँदैन । मुनाफा वितरण नगर्ने कम्पनी सञ्चालक समितिका सम्बन्धमा कम्पनी ऐन, २०६३ को दफा १६७ मा शेयर पूँजी भएको कम्पनीलाई मात्र लागू हुन सक्ने व्यवस्थाहरूबाहेक सूचीकृत कम्पनीलाई लागू हुने कम्पनी ऐन, २०६३ का सम्पूर्ण व्यवस्थाहरू मुनाफा वितरण गर्ने कम्पनी, यसका सञ्चालक, पदाधिकारी, लेखापरीक्षक तथा कर्मचारीलाई समेत लागू हुन्छ भन्ने उल्लेख गरिएको छ । मुनाफा वितरण नगर्ने कम्पनीको सञ्चालक समितिका सम्बन्धमा पब्लिक कम्पनीका सञ्चालक समितिका सम्बन्धमा भएका व्यवस्थाहरू लागू हुन्छ । प्रत्येक पब्लिक कम्पनीमा कम्तीमा ३ जना र बढीमा ११ जनासम्म सञ्चालक भएको सञ्चालक समिति रहन्छ । कम्पनीको नियमावलीमा सञ्चालकको संख्या, वैकल्पिक सञ्चालकको व्यवस्था भए सो कुरा र सञ्चालकको कार्यकाल, कुनै व्यक्तिले कम्पनीको सञ्चालक नियुक्त हुन शेयर लिनुपर्ने भए न्यूनत्तम शेयर संख्या, पब्लिक कम्पनी भए स्वतन्त्र सञ्चालकको योग्यता र सङ्ख्या, शेयरधनीबाहेकको अन्य कुनै व्यावसायिक व्यक्तिलाई सञ्चालक नियुक्त गर्ने भए निजहरूको संख्या, कार्यकाल, योग्यता तथा नियुक्ति प्रक्रियासम्बन्धी व्यवस्था, सञ्चालक समिति र प्रबन्ध सञ्चालकको अधिकार र कर्तव्यहरू, सञ्चालकहरूको अख्तियारी तथा अख्तियारीको प्रत्यायोजन, सञ्चालक समितिको बैठकको गणपूरक संख्या, बैठकको सूचना तथा बैठकको कार्यविधि, सञ्चालक समितिको निर्णयको अभिलेख र त्यसको प्रतिलिपि तथा निरीक्षणसम्बन्धी व्यवस्था, सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्था, कुराहरू उल्लेख भएको गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाको हकमा सञ्चालक समितिको संस्था बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा उल्लेख भएबमोजिम हुन्छ । बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ र बढीमा ७ जना सञ्चालकहरू रहेको एक सञ्चालक समिति राख्नुपर्छ । कम्पनी ऐन, २०६३ समेतलाई आधार बनाई सञ्चालकहरूलाई तिनीहरूले निर्वाह गर्ने भूमिकाको आधारमा प्रथम सञ्चालक, वैकल्पिक सञ्चालक, प्रबन्ध सञ्चालक, स्वतन्त्र सञ्चालक, महिला सञ्चालक, अध्यक्ष नामकरण गर्न सकिन्छ । कम्पनी संस्थापना भएपछि प्रथम साधारणसभा नभएसम्म कार्य गर्ने सञ्चालकलाई प्रथम सञ्चालक भनिन्छ । कुनै संगठित संस्थाले शेयर लिएको कम्पनीको हकमा कम्पनीका सञ्चालकहरूको जम्मा संख्या र उक्त संस्थाले ग्रहण गरेको शेयर संख्याको अनुपातमा हुन आउने सञ्चालक र त्यस्तो सञ्चालक कुनै बेहोराले सञ्चालक समितिको बैठकमा भाग लिन नसक्ने अवस्था उत्पन्न भएको अवस्थामा त्यस्तो प्रत्येक सञ्चालकको सट्टामा सञ्चालक समितिको बैठकमा उपस्थित हुन र मतदान गर्न पाउने गरी नियुक्त भएको व्यक्तिलाई वैकल्पिक सञ्चालक भनिन्छ । कम्पनीको नियमावलीको अधीनमा रही सञ्चालकहरूले आफूमध्येबाट कुनै एक जनालाई कम्पनीको दैनिक व्यावसायिक तथा प्रशासकीय कार्य सञ्चालन गर्न प्रबन्ध सञ्चालक नियुक्त गर्न सक्छन् । प्रबन्ध सञ्चालकको काम, कर्तव्य र अधिकार कम्पनीको नियमावलीमा उल्लेख भएबमोजिम वा सञ्चालक समितिले तोकेबमोजिम हुन्छ । पब्लिक कम्पनीमा सञ्चालक समिति गठन हुँदा कम्पनीको नियमावलीमा तोकिएको योग्यता भएको र सम्बद्ध कम्पनीको व्यवसायसँग सम्बद्ध ज्ञान तथा अनुभव प्राप्त गरेको व्यक्तिलाई स्वतन्त्र सञ्चालकको रूपमा कम्पनीले नियुक्त गर्नुपर्छ । स्वतन्त्र सञ्चालकले सञ्चालक समितिको बैठकमा भाग लिन र निर्णय प्रक्रियामा मतदान गर्न पाउँछ । कम्पनी ऐन २०६३ को पहिलो संशोधनले महिला शेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तिमा १ जना महिला सञ्चालक हुनुपर्ने अनिवार्य गरेको छ । प्राइभेट कम्पनीमा महिला सञ्चालक राख्न पर्दैन । लेखक बैंकिङ अपराध सम्बन्धमा विद्यावारिधि गरेका अधिवक्ता हुन् ।

ॐ अस्पतालको २४ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति गठन

नव नियुत्त सञ्चालकहरु मध्येवाट डा आनन्द प्रसाद श्रेष्ठलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ।

शिक्षा समितिको निर्देशनः नेपाल इञ्जिनियरिङ कलेजको अनियमितताबारे छानविन गर्नू

२९ पुस, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजमा भएको अनियमितताबारे छानविन गर्न निर्देशन दिएको छ । सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले आइतबार पूर्ण समितिमा पेश गरेको प्रतिवेदनमा नयाँ सञ्चालक समिति गठन …