कर्णाली । सङ्घीयताको मर्मदेखि यहाँको भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक, सामाजिक जनजीवनका विषयमा यस वर्ष पनि आगामी फागुनको अन्तिम साता ‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’ हुने भएको छ । ऋति फाउण्डेसन वीरेन्द्रनगर सुर्खेत, कर्णाली उत्सवको सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उत्सव तयारी समितिका संयोजक कमल लम्सालले कर्णालीको समग्र विषयमा हुने छलफलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विचारको सशक्तमन्थन हुने जानकारी दिए । यसले कर्णालीको विगत्, वर्तमान र भविष्य