मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारीसाधनहरूको कुम्भ मेला सुरु भएको छ । १५ औं नाडा अटो सोको अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । सो अवसरमा मन्त्री महतले मुलुकको राजस्व र समग्र अर्थतन्त्रमा सवारीसाधनले महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै अब विद्युतीय सवारीसाधनको प्रवर्द्धनतर्फ लाग्नुपर्नेमा जोड दिए ।