काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षतासम्बन्धी जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको टिप्पणी गरेको छ।महासंघका अध्यक्ष जगत बरामले विज्ञप्ति जारी गर्दै यस्ता अभिव्यक्ति राष्ट्रियता र संविधान विरोधी भएको बताउँदै आपत्ति प्रकट गरेका छन्। 'यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल