हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरूले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले हिमालयन एभरेष्टको २ दशमलव ७५  प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ३ दशमलव ३२५ प्रतिशत र स्वाभिमान लघुवित्तको २०  प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात् स्वाभिमान लघुवित्तको शेयर मूल्य रू. १ हजार ५० कायम भएको छ भने हिमालयन एभरेनष्ट इन्स्योरेन्सकोे रू. ४०८ दशमलव ७६ र प्रुडेन्सियल इन्स्योरेन्सको रू. ४०० दशमलव ६८ कायम भएको छ । नेप्सेले बिहीवार भएको कारोबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा स्वाभिमान लघुवित्तको शेयर प्रतिकित्ता रू. १ हजार २६०, हिमालयन एभरेष्टको रू. ४२० र हिमालयन एभरेष्ट इन्स्योरेन्सको रू. ४१४ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवार  दोस्रो बजारमा यी कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।  

सम्बन्धित सामग्री

हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ८ दशमलव ६३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६०७ दशमलव ५७ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६६० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवार दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।