‘आनो’ले सताउँछ? यस्ता छन् रोकथाम र उपचार विधि

सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा ‘आनो’, जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ।

सम्बन्धित सामग्री

ठूलो आन्द्राको क्यान्सरको रोकथाम

कोलोरेक्टल वा ठूलो आन्द्राको क्यान्सर सम्बन्धी जनचेतनाको महिना हो मार्च । यस सन्दर्भमा विश्वभरि नै विभिन्न कार्यक्रम सञ्चालन गरिन्छन् । यो क्यान्सरको जोखिममा जोकोही पनि हुन सक्छन् । त्यसैले यसको लक्षण, उपचार विधि तथा रोकथामबारे जानकारी राख्नु आवश्यक छ ।

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

ग्लाडिओलस फूलमा रोग किराको व्यवस्थापन विधि

काठमाडौं । ग्लाडिओलस फूल खेतीबाट चाहेअनुरूप आम्दानी लिन विभिन्न प्रकारका रोग तथा किराको प्रकोपबाट बिरुवालाई जोगाउनैपर्छ । त्यसका लागि त्यसमा लाग्ने रोग तथा किराबारे आवश्यक जानकारी राख्न जरुरी छ । नेपालको माटोमा बढी अम्लीयपन भएकाले ढुसीजन्य रोगको प्रकोप बढी छ । फ्युजारियम, ब्रोटाइटिस, रस्ट, रुटरट रोगलगायत बोरर र थ्रिप्सजस्ता किराले यसलाई आक्रमण गरी हानि पुर्‍याउँछन् । पुष्पविज्ञ लोकनाथ गैरेका अनुसार यसमा लाग्ने प्रमुख रोग तथा किरा नियन्त्रणका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ : फ्युजारियम : यो ग्लाडिओलसको बल्व अर्थात् गानोमा लाग्ने रोग हो । फ्युजारियमले असर भएको बल्व रोपिसकेपछि क्रमशः अरू बल्वमा फैलिँदै जान्छ । यसबाट अति प्रभावित बल्व रोपिसकेपछि उम्रिन सक्दैन भने कम प्रभावित बल्व उम्रिसकेपछि कमजोर देखिन्छ । यस्तो कमजोर बल्वबाट फूल आउन सक्दैन । बोट विस्तारै पहेँलिँदै जान्छ र अन्त्यमा मर्छ । बल्व खैरो हुँदै जान्छ र अन्त्यमा कुहिएको अवस्थामा पाउन सकिन्छ । यसले असर पारिसकेपछि बल्वको कुनै पनि उपचार विधि छैन । यद्यपि अन्य बोटमा फैलिन नदिन प्रत्येक वर्ष बाली चक्रको नियमानुसार एकै जमिनमा यसको खेती नगर्ने, एक पटक यो रोग देखिएको जमिनमा यसको पुनः खेती नगर्ने, बढी असर गरेको स्थानमा फंगिसाइड स्प्रे र डे«न्चिङ गर्ने र जमिनलाई स्टेरलाइजेसन गर्नेलगायत विधि अपनाउन सकिन्छ । ब्रोटाइटिस : यो ग्लाडिओलस फूलका लागि डरलाग्दो रोग हो । यसको प्रकोपले केही घन्टामै सम्पूर्ण बालीलाई प्रभावित गर्न सक्छ र एक पटकको प्रकोपले  फूललाई पूर्णतया क्षति गर्न सक्छ । बढी आद्रता र ठण्डी मौसममा यसको प्रकोप बढी हुन्छ । रातो र खैरो सानो स्पोर पातमा बनिसकेपछि हावाको माध्यमबाट फैलिएर टाढा–टाढासम्म पुग्न सक्ने क्षमता यसले राख्छ । यसको नियन्त्रण गर्न प्रत्येक वर्ष नयाँ जमिनमा खेती गर्ने, खुला हावा चल्न सक्ने गरी पातलो रोप्ने, खेती गरिएको स्थान वरपर सफा राख्ने, खेती गर्दा नाइट्रोजनको मात्रा घटाउने, बल्वलाई रोप्नुअघि प्रतिलिटर २÷३ ग्राम वेभिस्टिन पानीले उपचार गर्नेजस्ता विधि अपनाउन सकिन्छ । रस्ट : पातको दुवै साइडमा पहेंलो थोपा देखा परेर विस्तारै बढ्दै गई पूरै पात पहेंलो भए यो रोग लागेको थाहा पाउनुपर्दछ । यो रोग लागे बिरुवाको खाना बनाउने प्रक्रियामा असर पर्दछ र बोट विस्तारै कमजोर बनेर मर्ने गर्दछ । यो फंगसको कारणबाट हुने हुनाले रोगको प्रकोप हुन सक्ने अवस्थाअगावै फंगिसाइड दिनु रोकथामको उपाय हो । यसका साथै रोगको संकेत देखिनासाथ फंगिसाइड १ सय मिटर स्क्वायरमा ५ ग्रामका दरले अक्सी कार्बोसिम स्प्रे गर्न सकिन्छ । रुटरट : बिरुवा रोपिसकेपछि जरामा संक्रमण भई बिरुवा कमजोर हुने वा कहिलेकाहीँ बोटसमेत मर्ने रोगलाई रुटरट भनिन्छ । बाहिरबाट जरा देख्न नसकिने भएकाले यो रोग लागे÷ नलागेको यकिन गर्न गाह्रो हुन्छ । यद्यपि जराले काम गर्न छाडेपछि विस्तारै बिरुवा मर्न थाल्दछ । यसको नियन्त्रणका लागि बाली लगाउनुअघि पर्याप्त खनजोत, अनावश्यक झारपातको व्यवस्थापन गर्नुका साथै माटोमा लामो समयसम्म चिस्यान रहन दिनुहुँदैन । फंगिसाइडको स्प्रे नियमित गर्नुपर्दछ । बोरर : ग्लाडिओलसलाई सबैभन्दा बढी असर गर्ने किरामध्ये बोरर पनि एक हो । यो किराको प्रकोपको प्रमुख स्रोत पुतली हो । पुतलीले बर्डको भित्री भागमा फूल पारिसकेपछि लार्भाको रूपमा विकास हुन्छ र उक्त लार्भाले फूलको महत्वपूर्ण भाग नष्ट गर्दछ । वसन्त तथा शरद ऋतुमा बोररको समस्या बढी देखिने गर्दछ । यसको रोकथाम तथा नियन्त्रणका लागि पुतलीको पुतलीको अण्डालाई नष्ट गर्न एगिसाइड स्प्रे गर्नुपर्दछ । थ्रिप्स : थ्रिप्स धेरै सानो र आँखाले झट्ट पत्ता लगाउन गाह्रो हुने खाले किरा भएकाले बालीमा यसले असर गरिसकेपछि मात्र थाहा हुन्छ । यसको असरले पातमा साना, मसिना थोपा देखिन्छन् र विस्तारै खैरो रंगमा परिणत हुँदै जान्छ । यसको रोकथामका लागि बालीको वरिपरि अनावश्यक झारपात तथा झाडी सफा गर्ने, सिस्टमिक किटनाशक विषादी स्प्रे गर्ने, सुक्खा तथा गर्मी समय थ्रिप्सको प्रकोप बढी हुने हुनाले विशेष सतर्क रहनुपर्दछ ।

यसरी गर्नुस्, कार्नेसन फूलमा लाग्ने रोग किराको व्यवस्थापन

काठमाडौं । कार्नेसन फूलमा लाग्ने प्रमुख रोग तथा किरा फुजारियम विल्ट, बुट रट, डाँठ तथा जरा कुहिने, रस्ट, पातमा देखिने अगुठे धब्बा, बोट्राइटिस र लाही हुन् । यस्ता रोग तथा किराको व्यवस्थापन तथा नियन्त्रण गर्न रोकथाम, नियन्त्रण र उपचारात्मक विधि अपनाउनुपर्दछ । कृषि प्राविधिक विश्वमणि पोखरेलका अनुसार हाल नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको अनुभवका आधारमा सल्लाह, सुझाव लिएर प्राप्त जानकारीअनुसार उपचार विधि अपनाउँदा रोग तथा किराको नियन्त्रण प्रभावकारी हुन सक्छ । पुजारियम विल्ट : यो कार्नेसनमा लाग्ने प्रकोपमध्ये संवेदनशील रोग हो । फुरासियम अक्सिपोरम नामक ढुसीले आक्रमण गरी बिरुवालाई नोक्सान पु¥याउने एक माटोजन्य रोग हो । बोटको पिन्चिङ, डिसबडिङ, कटिङका साथै पु्रनिङको ताजा घाउबाट ढुसी प्रवेश गरी विस्तारै कार्नेसनका खैरो, पहेंलो हुँदै शाखा मर्ने र रोग बढ्दै जाँदा पूरै बोट मर्ने हुन्छ । यसको नियन्त्रणका लागि बगैंचाबाट रोगी बिरुवा हटाउनुका साथै ग्रिनहाउसमा चिस्यान ठीक तरिकाले मिलाउने र डेढ ग्राम साइमोक्सिलसँग १ ग्राम प्लान्टोमाइसिनको हिसाबले झोल बनाई जरामा ५० मिलिलिटर पर्ने गरी ड्रेन्च गर्ने र ४ दिन पछाडि साइमोक्सिलिन मात्र ड्रेन्च गर्नुपर्दछ । बुटरट : यो रोग राइजोकोटनिया नामक ढुसीबाट लाग्छ । यदि बिरुवाको पालुवा पहेंलिँदै झर्न थाले यो रोग लागेको थाहा पाउनुपर्दछ । यो रोग लागेमा माटोलाई बढी चिस्यान राख्नुहुँदैन र कार्वेन्डाजिम वा क्लोरो थिनोनिल २ ग्राम प्रतिलिटर पानीको हिसाबले ५० मिलि जरा भिज्ने हाल्नुपर्ने विज्ञहरूको सुझाव छ । डाँठ तथा जरा कुहिने : फाइटोप्थेरा प्यारासिटीका नामक ढुसीका कारण यो रोग लाग्ने गर्दछ । यो रोग लाग्दा पालुवा पहेंलिँदै जाने, पात सुक्ने, डाँठको बाहिरतिर खैरो वा कालो हुँदै बिरुवा मर्ने गर्दछ । यसको रोकथाम तथा नियन्त्रणका लागि पानीको निकास राम्रो राख्ने र सिँचाइ बढी गर्नुहुँदैन । यसका साथै कार्वेन्डाजिम वा थायो फिनेट मिथाइल २ ग्राम प्रतिलिटर पानीको हिसाबले जरा भिज्ने गरी हाल्नुपर्दछ । रस्ट : यो रोग युरोमाइसेज कार्यो फिलिनस नामक ढुसीबाट लाग्ने गर्दछ । यो रोग लागेमा कार्नेसनको पातमा सुरुको अवस्थामा खैरो पाउडरीका छिद्रा वा धब्बा देदिनुका साथै डाँठ वा पूmलको कोपिला र विस्तारै पातको तल्लो भागबाट रोगी पात पहेंलिँदै सुक्न थाल्छन् र फूलका साथै बोटको अवस्था बिगार्छ । यसको नियन्त्रण गर्न रोगी बोट तथा पात हटाउने गर्नुपर्दछ । यदि यसो गर्दा पनि रोग नियन्त्रण हुन नसके मेन्कोजेव वा कपर अक्सिक्लोराइडलाई २ ग्राम प्रतिलिटर पानीको हिसाबले झोल बनाएर स्प्रे गर्न सकिन्छ । पातमा देखिने अगुठे धब्बा : यो रोग लागेमा सेप्टेरिया डेन्थी नामक ढुसीले कार्नेसनको बोटको पातमा, डाँठमा र फूलको बाहिर हरियो पत्रदलमा ५ मिमि आकारको धब्बा लाग्छ । विस्तारै पात तथा बोट सुक्दै कमजोर बनाउँदै लैजान्छ । यसको रोकथाम गर्न उच्च तापक्रम र आद्रता व्यवस्थापन गर्ने काम गर्नुपर्दछ । त्यसैगरी मेन्कोजेव २ ग्राम प्रतिलिटर पानी र सल्फर १ दशमलव ५ ग्राम प्रतिलिटर पानी वा कार्वियो टप ३ ग्राम प्रतिलिटर पानी वा डाइमेथामर्फ १ ग्राम प्रतिलिटर पानीका हिसाबले स्प्रे गर्दा पनि रोग नियन्त्रणमा ल्याउन सहयोग गर्दछ । लाही : लाही किराले कार्नेसन बिरुवाका कमला पातमा बसी रस चुसेर खान्छ र वृत्ति विकासलाई अनियन्त्रित गर्छ । चिसो र आद्रतायुक्त मौसममा यो किराको प्रकोप बढी हुन्छ । यो किराले भाइरसजन्य रोग सार्नसमेत भूमिका खेल्छ । यसको रोकथामका लागि क्लोरोपाइरिफस, साइपर्मेथिन २ मिलि प्रतिलिटर पानीमा वा इमिडाक्रोपिड ०५ मिलि प्रतिलिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ । यस्तो क्रम ४ दिनमा एकपटक पुनः दोहोर्‍याउनुपर्छ ।

‘आनो’ले सताउँछ ? यस्ता छन् रोकथाम र उपचार विधि

आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन्। सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा...