यसरी गर्नुस्, कार्नेसन फूलमा लाग्ने रोग किराको व्यवस्थापन

काठमाडौं । कार्नेसन फूलमा लाग्ने प्रमुख रोग तथा किरा फुजारियम विल्ट, बुट रट, डाँठ तथा जरा कुहिने, रस्ट, पातमा देखिने अगुठे धब्बा, बोट्राइटिस र लाही हुन् । यस्ता रोग तथा किराको व्यवस्थापन तथा नियन्त्रण गर्न रोकथाम, नियन्त्रण र उपचारात्मक विधि अपनाउनुपर्दछ । कृषि प्राविधिक विश्वमणि पोखरेलका अनुसार हाल नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको अनुभवका आधारमा सल्लाह, सुझाव लिएर प्राप्त जानकारीअनुसार उपचार विधि अपनाउँदा रोग तथा किराको नियन्त्रण प्रभावकारी हुन सक्छ । पुजारियम विल्ट : यो कार्नेसनमा लाग्ने प्रकोपमध्ये संवेदनशील रोग हो । फुरासियम अक्सिपोरम नामक ढुसीले आक्रमण गरी बिरुवालाई नोक्सान पु¥याउने एक माटोजन्य रोग हो । बोटको पिन्चिङ, डिसबडिङ, कटिङका साथै पु्रनिङको ताजा घाउबाट ढुसी प्रवेश गरी विस्तारै कार्नेसनका खैरो, पहेंलो हुँदै शाखा मर्ने र रोग बढ्दै जाँदा पूरै बोट मर्ने हुन्छ । यसको नियन्त्रणका लागि बगैंचाबाट रोगी बिरुवा हटाउनुका साथै ग्रिनहाउसमा चिस्यान ठीक तरिकाले मिलाउने र डेढ ग्राम साइमोक्सिलसँग १ ग्राम प्लान्टोमाइसिनको हिसाबले झोल बनाई जरामा ५० मिलिलिटर पर्ने गरी ड्रेन्च गर्ने र ४ दिन पछाडि साइमोक्सिलिन मात्र ड्रेन्च गर्नुपर्दछ । बुटरट : यो रोग राइजोकोटनिया नामक ढुसीबाट लाग्छ । यदि बिरुवाको पालुवा पहेंलिँदै झर्न थाले यो रोग लागेको थाहा पाउनुपर्दछ । यो रोग लागेमा माटोलाई बढी चिस्यान राख्नुहुँदैन र कार्वेन्डाजिम वा क्लोरो थिनोनिल २ ग्राम प्रतिलिटर पानीको हिसाबले ५० मिलि जरा भिज्ने हाल्नुपर्ने विज्ञहरूको सुझाव छ । डाँठ तथा जरा कुहिने : फाइटोप्थेरा प्यारासिटीका नामक ढुसीका कारण यो रोग लाग्ने गर्दछ । यो रोग लाग्दा पालुवा पहेंलिँदै जाने, पात सुक्ने, डाँठको बाहिरतिर खैरो वा कालो हुँदै बिरुवा मर्ने गर्दछ । यसको रोकथाम तथा नियन्त्रणका लागि पानीको निकास राम्रो राख्ने र सिँचाइ बढी गर्नुहुँदैन । यसका साथै कार्वेन्डाजिम वा थायो फिनेट मिथाइल २ ग्राम प्रतिलिटर पानीको हिसाबले जरा भिज्ने गरी हाल्नुपर्दछ । रस्ट : यो रोग युरोमाइसेज कार्यो फिलिनस नामक ढुसीबाट लाग्ने गर्दछ । यो रोग लागेमा कार्नेसनको पातमा सुरुको अवस्थामा खैरो पाउडरीका छिद्रा वा धब्बा देदिनुका साथै डाँठ वा पूmलको कोपिला र विस्तारै पातको तल्लो भागबाट रोगी पात पहेंलिँदै सुक्न थाल्छन् र फूलका साथै बोटको अवस्था बिगार्छ । यसको नियन्त्रण गर्न रोगी बोट तथा पात हटाउने गर्नुपर्दछ । यदि यसो गर्दा पनि रोग नियन्त्रण हुन नसके मेन्कोजेव वा कपर अक्सिक्लोराइडलाई २ ग्राम प्रतिलिटर पानीको हिसाबले झोल बनाएर स्प्रे गर्न सकिन्छ । पातमा देखिने अगुठे धब्बा : यो रोग लागेमा सेप्टेरिया डेन्थी नामक ढुसीले कार्नेसनको बोटको पातमा, डाँठमा र फूलको बाहिर हरियो पत्रदलमा ५ मिमि आकारको धब्बा लाग्छ । विस्तारै पात तथा बोट सुक्दै कमजोर बनाउँदै लैजान्छ । यसको रोकथाम गर्न उच्च तापक्रम र आद्रता व्यवस्थापन गर्ने काम गर्नुपर्दछ । त्यसैगरी मेन्कोजेव २ ग्राम प्रतिलिटर पानी र सल्फर १ दशमलव ५ ग्राम प्रतिलिटर पानी वा कार्वियो टप ३ ग्राम प्रतिलिटर पानी वा डाइमेथामर्फ १ ग्राम प्रतिलिटर पानीका हिसाबले स्प्रे गर्दा पनि रोग नियन्त्रणमा ल्याउन सहयोग गर्दछ । लाही : लाही किराले कार्नेसन बिरुवाका कमला पातमा बसी रस चुसेर खान्छ र वृत्ति विकासलाई अनियन्त्रित गर्छ । चिसो र आद्रतायुक्त मौसममा यो किराको प्रकोप बढी हुन्छ । यो किराले भाइरसजन्य रोग सार्नसमेत भूमिका खेल्छ । यसको रोकथामका लागि क्लोरोपाइरिफस, साइपर्मेथिन २ मिलि प्रतिलिटर पानीमा वा इमिडाक्रोपिड ०५ मिलि प्रतिलिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ । यस्तो क्रम ४ दिनमा एकपटक पुनः दोहोर्‍याउनुपर्छ ।

सम्बन्धित सामग्री

बेलायतमा नर्स पठाउन समय लाग्ने

काठमाडौं, फागुन ३ । बेलायतमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने विषयमा टुङ्गो लाग्न समय लाग्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउन तयार गरिएको ‘प्रोटोकल’ रायका लागि कानुन मन्त्रालयमै रोकिएकाले अझै समय लाग्ने देखिएको हो । कानुन मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने प्रोटोकलमा केही महत्वपूर्ण विषय छुटेको र […]

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

काठमाडौँ,२५ असोज । लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा लामो […]

वनमा लाग्ने रोगको अनुसन्धान गरिने

सरकारले वन क्षेत्रमा लाग्ने रोगको विषयमा अनुसन्धानलाई प्राथमिकता दिने तयारी गरिरहेको छ । वनमा लागेको वा सम्भावित रोगको विषय अध्ययन गरी समस्याको समाधान खोज्न अनुसन्धानलाई प्राथमिकता दिइने तयारी गरेको हो ।कृषि बालीमा लाग्ने रोगको विषयमा प्राथमिकताका साथ अनुसन्धान हुने र किसानलाई उपचारका लागि सहयोग गरिआए पनि हालसम्म वन क्षेत्रमा लाग्ने रोगको विषयमा अध्ययन/अनुसन्धान नभएको भन्दै […]

पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमामा मेला लाग्ने

प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ।...

सधैं भोलिको पछि किन लाग्ने ?

समय कति बलवान् छ । हिजो, आज र भोलि । हेर्दा उस्तै लाग्ने, तर हिजो गइसक्यो जुन बितेका पल, न मेट्न सकिने न त सुध्रार्न नै सकिने, वर्तमान हुँदैछ र भोलि कसलाई के थाहा छ र ? समय र खोला उस्तै हो जुन हामीले कदापि पनि पछाडि लैजान सक्दैनौं । त्यसैले हामी समयको भेलमा बग्नुपर्छ […]

घार लाग्ने भयो

साँचो बोली सुन्दा खार लाग्ने भयो हावादारी कुरा गर्ने पार लाग्ने भयो।। लखेटिनु पर्ने चाहिँ घर घरमा आए मन पराएकालाई जार लाग्ने भयो।। यताका ताने उता उताका ताने यता तानतुनले मैदानमा बार लाग्ने भयो।। हारजितको खेलमा दाम गयो कता महंगीको तरवारमा धार लाग्ने भयो।। घुमिफिरि आउँछ आखिर उहि रुपको मह नपार्ने खालको घार लाग्ने भयो।।

काठमाण्डौमा आज पारिलो घाम लाग्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले लागेको हुस्सु, कुहिरो बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा आज पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।  उहाँकाअनुसार आंशिक रुपमा बादल लागे पनि आज पारिलो घाम लाग्ने छ । तराईका केही जिल्लामा लागेको बाक्लो हुस्सु, कुहिरो हट्न समय लाग्ने मौसमविद्ले बताएका छन् । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि छ । आज बिहान काठमाण्...

कोरिया रोजगारी सुरु हुन समय लाग्ने

काठमाडौं, साउन २९ । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ। कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगारी सुरु हुन समय लाग्ने देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौंबाट सिधा […]

मौसम सफा हुन अझै केही दिन लाग्ने

मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । अझै दुई तीन दिन पूर्ण रुपमा मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताएका छन्।  उनका...

बंगलादेशबाट मल आइपुग्न अझै तीन साता लाग्ने

१९ पुस, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन युरिया मल आइपुग्न अझै तीन सता लाग्ने भएको छ । प्रतीतपत्र (एलसी) खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । एलसीको ड्राफ्ट गरेर बंगालदेशलाई पठाएको र सो प्रक्रिया पुरा भएको १० दिनमा मल आउन […]