विश्वभर विद्युतीय सवारी साधनको विक्री ६६ % ले बढ्यो, बजार हिस्सा बढेर साढे ९ % मा उक्लियो

काठमाडौं । विश्व बजारमा विद्युतीय सवारी साधनको विक्री गएको वर्ष लोभलाग्दो गरी बढेको छ । सन् २०२२ मा विश्वभर ७२ लाख ६० हजार थान विद्युतीय सवारी साधन विक्री भएको छ । विक्रीको यो आकार सन् २०२२ को तुलनामा ६६ दशमलव ६ प्रतिशत धेरै भएको शुक्रवार टोकियोस्थित मार्कलाइन्स कम्पनीले सार्वजनिक गरेको डेटाले देखाएको छ ।   विश्वभर शून्य उत्सर्जन गर्ने विद्युतीय सवारीको प्रयोगलाई बढावा दिन कठोर खालको उत्सर्जन नियमनहरू अपनाउने क्रम जारी रहँदा विद्युतीय सवारी साधनको विक्री अकासिएको छ । गएको वर्ष विश्वभर कुल ७ करोड ६२ लाख १० हजार सवारी साधन विकेका छन् । विक्री भएका कुल सवारी साधनमा विद्युतीय सवारी साधनको अनुपात साढे ९ प्रतिशत छ ।  सन् २०२१ मा कुल विक्री भएका सवारी साधनमा ईभी (EV) को अनुपात साढे ५ प्रतिशत थियो । यूरोपेली तथा चिनियाँ अटो निर्माताहरूले ईभीको विक्री तीव्र पारेका छन् । ईभीबाहेक विश्वभर सवारी साधनको विक्री घटेको छ । सो अवधिमा ६ करोड ८९ लाख ५० हजार थान परम्परागत इन्धनबाट चल्ने सवारी साधन विकेका छन् । विक्रीको यो आकार एक वर्षअघिको भन्दा ७ दशमलव ४ प्रतिशत कम हो ।  बजारको आधारमा ८० प्रतिशत विक्री चीन (China) मा बढेको छ । सो अवधिमा चिनियाँ बजारमा ४५ लाख ३० हजार थान ईभी विक्री भएका छन् । जर्मनी र बेलायत समेतका पश्चिम यूरोपमा पनि विक्री करीब ३० प्रतिशतले बढेर १५ लाख ३० हजार थानमा उक्लिएको छ । गएको वर्ष अमेरिकामा ८ लाख थान ईभी विक्री भएका छन् । जापानमा भने करीब ५० हजार थान विकेका थिए ।  सन् २०२२ मा अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले १२ लाख ७० हजार थान सवारी साधन बेचेको छ । सन् २०२१ मा यो संख्या ८ लाख ८० हजार थान थियो । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले पनि गएको वर्ष करीब ८ लाख ७० हजार थान ईभी बेचेको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा निकै धेरै हो । एजेन्सी

सम्बन्धित सामग्री

पाँच अर्बका विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको तीन महिनामा पाँच अर्ब रूपैयाँ बराबरको २१ सय ३२ वटा चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन्।...

विद्युतीय सवारी साधनको प्रयोगमा जोड

नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउन विद्युतीय सवारी साधन सञ्चालनमा जोड दिएको छ । प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा स्वच्छ हरित ऊर्जाको खपत बढाउनका लागि भन्दै प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्पार्कंबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, […]

अग्नि ग्रुपद्वारा विद्युतीय सवारी साधन सार्वजनिक

अग्नि ग्रुपद्वारा नाडा विद्युतीय सवारी साधन अटो एक्सपोेमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ ।...

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

काठमाडौँ- देशभित्र उल्लेख्य रूपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवर्द्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रूपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमशः विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको तथ्य एवम् तथ्याङ्कले पनि देखाएको […]

लुम्बिनीमा दुई महिनापछि विद्युतीय सवारी सञ्चालन हुने

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा थन्क्याएर राखिएका विद्युतीय सवारी साधन दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ । लुम्बिनी विकास कोषले कार्यविधि बनाएर विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको हो । ‘कार्यविधि बनाएर थन्क्यिाइएका विद्युतीय सवारी सञ्चालनमा ल्याउने निर्णय काठमाडौँमा सम्पन्न लुम्बिनी विकास कोषको बैठकले गरिसकेको छ’, कोषका सदस्यसचिव सानुराजा शाक्यले भने । कोषको बैठकले […]

विद्युतीय सवारी साधन बन्न सक्छ समृद्धिको आधार

पेट्रोल र डिजेल नचाहिने, धूवाँ नफाल्ने र ध्वनिलगायतका अन्य प्रदूषणहरू नगर्ने भएकाले विद्युतीय सवारी साधनको माग विश्वभरि बढ्दो छ । चीन, भारत र युरोपेली देशहरूले सन् २०३० पछि पेट्रोल र डिजेलका सवारी साधनहरू उत्पादन नगर्र्नेे घोषणा गरिसकेबाट अबको भविष्य विद्युतीय सवारी साधनको हुने निश्चित छ । तर, विद्युतीय सवारी साधनहरूबाट उत्पन्न हुने विकिरणबाट जोगिन समयमा […]

यसकारण महँगो होइन विद्युतीय सवारी

नेपालमा विद्युतीय सवारी साधनहरुको अहिलेको अवस्था अन्त्यन्तै नाजुक छ ।  विद्युतीय सवारी साधनप्रति भ्रम र सरकारले गरेको बेवास्ताको कारण विद्युतीय सवारी साधनको सोचअनुसार चर्चा भइरहेको छैन । सामान्यतया नेपालीहरु एउटाले जे गर्‍यो, अर्कोले पनि त्यहि गर्ने स्वभावको हुन्छन्, विद्युतीय बसमा भने त्यस्तो खासै प्रतिस्पर्धा नै भएको छैन । पहिले हेर्ने, अनि ठीक छ कि छैन […]

स्मार्टफोन कम्पनीहरु विद्युतीय सवारी बनाउने तयारीमा

पछिल्लो समय धेरै स्मार्टफोन कम्पनीहरु विद्युतीय सवारी बनाउने तयारीमा छन्।

विद्युतीय सवारी निर्माणको लक्ष्य बोकेको ‘यात्री’

यात्रीका संस्थापक अशिम पाण्डेका अनुसार नेपालमा विद्युतीय सवारी निर्माण र सञ्चालनको निकै खाँचो छ। नेपालमा यतिबेला विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले पनि विद्युतीय सवारी आयातमा सकारात्मक चासो देखाइरहेको छ।