वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासमा संघीय सरकारले सौतेनी व्यवहार गरेको आरोप लगाएका छन् । वीरगञ्जमा शनिवार भएको उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै उनले केन्द्र सरकारले अघिल्लो वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ५ करोड बजेट कम पठाएको बताए । उनले वीरगञ्जबाट केन्द्रले धेरै राजश्व लिएर जाने तर बजेट भने कम दिएकोमा अचम्म लागेको बताए । उनले सो व्यवहारमा परिवर्तन आउनुपर्ने बताए । साथै सिंहले वीरगञ्जमा चिनी कारखाना रहेको, कृषि औजार कारखाना रहेकोले त्यसलाई च