मतगणना सकिनुअघि नै वीरगन्ज महानगरको मेयरमा राजेशमान सिंह विजयी

वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन् । वीरगन्ज महानगरपालिकामा ९४ हजार ६०० मत खसेको थियो । जसमा ८० हजार ७८६ मतगणना हुँदा सिंहले १९ हजार बढीको मतान्तर बनाइसकेका छन् । हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिइसकेको छ । जसमा जसपाका राजेशमान सिंहले ३९ हजार ६६१ मत प्राप्त गर्दा एमालेका विजय क

सम्बन्धित सामग्री

वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको छः मेयर राजेशमान सिंह

काठमाडौं, ११ असार । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर सिंहले भने, “मैले बजेटमा बसेर काम गर्ने हो । बजेट प्रदेश र संघले दिन्छन् । वीरगन्जलाई आर्थिक राजधानी भनिन्छ तर यहाँ उठेको […]

वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउने छु : नगरप्रमुख राजेशमान सिंह

मधेस प्रदेशको एक मात्र, महानगरपालिलकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ । कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८ हजार २७३ रहेको छ । महानगरको विकास र समृद्धिका लागि भावी योजना र कार्यक्रमका विषयमा नगर प्रमुख राजेशमान सिंहसँग मधेस प्रदेशअन्तर्गत वीरगञ्जस्थित रासस कार्यालयका प्रमुख […]

वीरगन्जका मेयर राजेशमान सिंह : जसको भाग्य गठबन्धनले चम्कायो

वीरगन्ज । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गर्नु भएका वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंह गत फागुन अन्तिम साता एमालेमा प्रवेश गर्नुभयो । लोसपामा रहनु भएका सिंह वीरगन्जको मेयरका लागि निकै आकांक्षी रहनु भएको थियो । लोसपाबाट चुनाव जित्ने संभावना कम देखेपछि उहाँ एमालमो प्रवेश गर्नु भएको थियो तर उहाँको एमालेको यात्रा औपचारिक […]

वीरगञ्ज महानगरमा राजेशमान सिंह निर्वाचित

काठमाडौं महानगरपालिकामा तराई मुलका बालेन्द्र शाह विजयउन्मूख भैरहँदा मधेशको वीरगञ्ज महानगरको प्रमुखमा राजेशमान सिंह विजयी हुनुभएको छ । वीरगञ्ज प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवार विजयी हुने क्रममा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निवर्तमान महानगरप्रमुख बिजयकुमार सरावगीले २३ …

वीरगन्जमा गठबन्धन विजयीः मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलम निर्वाचित

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारम जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याई निर्वाचित भएका छन्।...

वीरगञ्ज महानगरको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलम विजयी

जेठ १०, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार राजेशमान सिंह  विजयी भएका छन् ।  उनी नेकपा(एमाले) का उम्मेदवार विजय कुमार सरावगीभन्दा  २२ हजार ५५५ मत बढी ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।  मेयरमा विजयी भएका राजेशमानले ४६ हजार २१५  मत  ल्याएका छन् भने उनका प्रतिस्पर्धी विजय सरावगीले २३ हजार  ६७१ मत मात्र प्राप्त गरेका छन् ।  उपमेयरमा भने नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । उपप्रमुखमा आलम २५ हजार ५१८ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत ल्याएका छन् । यसपटक मेयर पदका दुवै जना दल बदलेर चुनावी मैदानमा उत्रिएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका हुन् भने विजय सरावगी जसपा त्यागेर नेकपा(एमाले) बाट उम्मेदवार बनेका थिए । कुल ३२ ओटा वडा रहेको वीरगञ्जमा जम्मा ९३ हजार ७८२ मत खसेको थियो । मत परिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

महानगरमा नयाँ मेयर राजेशमान उपमेयर इम्तियाज आउने पक्का

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको नयाँ नगरप्रमुख (मेयर)मा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका राजेशमान सिंह हुने निश्चित भएको छ।...

मधेश आन्दोलनका नेता राजेशमान सिंह जसपा प्रवेश

मधेश आन्दोलनका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। सोमबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नेता सिंह जसपा प्रवेश गरेका हुन्। उनलाई जसपाका अध्यक्षद्वय उपेन्द्र...

राजेशमान सिंह जसपामा प्रवेश, वीरगञ्ज ‘क्लिन स्विप’ गर्ने बाबुरामको आँकलन

काठमाडौं : ०७४ सालमा पराजित भएका राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। तत्कालीन राजपाबाट पराजित भएका सिंहलाई जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा स्वागत गरेका हुन्।जसपाबाट निर्वाचित मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरेको एक साता नबित्दै सिंह जसपा प्रवेश गरेका हुन्। जसपा विभाजनपछि उनले लोसपा रोजेका थिए। नेता सिंहलाई पार्टीमा भित्र्याउँदै वीरगञ्जमा जसपा प्रवेशको लहर चलेको संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बताए। उनले ट्व

लोसपा परित्याग गरी राजेशमान सिंह जसपामा प्रवेश, उपेन्द्र–बाबुरामले गरे स्वागत

काठमाडौं, ७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । आज (सोमबार) वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच नेता सिंह जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले टिका र माला लगाएर पार्टीमा स्वागत […]