वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउने छु : नगरप्रमुख राजेशमान सिंह

मधेस प्रदेशको एक मात्र, महानगरपालिलकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ । कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८ हजार २७३ रहेको छ । महानगरको विकास र समृद्धिका लागि भावी योजना र कार्यक्रमका विषयमा नगर प्रमुख राजेशमान सिंहसँग मधेस प्रदेशअन्तर्गत वीरगञ्जस्थित रासस कार्यालयका प्रमुख […]

सम्बन्धित सामग्री

अग्रज पत्रकार झा ५१ हजार राशी सहित सम्मानित

वीरगन्ज । वीरगन्जका अग्रज पत्रकार चन्द्रकिशोर झा आफ्नै गृह नगरमा ५१ हजार नगद राशी सहित सम्मानित भएका छन् । फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा स्थापित पुरस्कारबाट अग्रज पत्रकार झा सम्मानित भएका हुन् । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, प्रतीक दैनिका प्रधान सम्पादक जगदीश शर्मा र सम्पादक शत्रुघ्न नेपालले उनलाई नगद, प्रमाण पत्र र दोसल्ला […] The post अग्रज पत्रकार झा ५१ हजार राशी सहित सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भोजपुरी भाषाका दुई पुस्तक विमोचन

एक औपचारिक समारोहकाबीच दुवै पुस्तकको विमोचन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्जका नगरप्रमुख राजेशमान सिंह र भोजपुरीका विशिष्ट साहित्यकारहरुले गरेका हुन्।...

वीरगन्जमा गठबन्धनको विजय जुलुस

वीरगन्ज महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट निर्वाचित नगरप्रमुख जसपाका राजेशमान सिंह र नगर उपप्रमुख नेपाली काँग्रेसका इम्तियाज आलमको विजय जुलुस बुधबार यहाँ आयोजन गरिएको छ।...

अब १२ ओटा पालिकाको अन्तिम मतपरिणाम आउँन बाँकी  : निर्वाचन आयोग

जेठ १०,  काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ ओटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० ओटा गाउँपालिकाका र २७९ ओटा नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छमध्ये तीन  ओटा महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगञ्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन् ।           काठमाडौं, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले बताएको छ ।             काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का टिकाराम खड्का अगाडि छन् ।        नतिजा सार्वजनिक भएकामध्ये ३२२ ओटा पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।             यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ ओटा पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले बताएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् ।             कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् ।             कांग्रेस सबैभन्दा बढी २ हजार ६३२ वडामा विजयी भएको छ । एमाले २ हजार ११२, माओवादी १ हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ । रासस

महानगरमा नयाँ मेयर राजेशमान उपमेयर इम्तियाज आउने पक्का

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको नयाँ नगरप्रमुख (मेयर)मा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका राजेशमान सिंह हुने निश्चित भएको छ।...

प्रतिस्पर्धामा तीन उम्मेदवार

वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा ३० जनाको उम्मेदवारी परे पनि मुख्य तीन जनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह, नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी र पत्रकार गिरीश गिरीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

‘मेयर बनेको २४ घण्टामै परिवर्तनको आभास गराउँछु’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी नेकपा (एमाले)मा जाने उद्घोषसमेत गरेका राजेशमान सिंह अन्ततः जनता समाजवादी पार्टी (जसपा) मा फर्किए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) मा तेस्रो स्थानमा रहेका सिंह यसपटक पहिलो हुने दाउमा छन् । २०५४ सालमा वडा सदस्य बनेका...