काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर सरकारले भन्न सक्नुपर्ने बताउनुभएकाे छ ।
आज बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्याे जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने स्पष्ट भाषामा जवाफ दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन ? सरकारे नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन ? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चा...