काठमाडौ । दसैं र तिहारमा गाडी नपाएर तथा आर्थिक अभावका कारण माइतीघर जान नपाएका दिदीबहिनी र आमाहरूलाई खोटाङका युवाहरूले यस वर्ष पनि निःशुल्क घर पुर्याउने भएका छन्। चाडपर्वमा आफ्ना परिवार र माइतीसँग भेटघाट गर्नबाट वञ्चित महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले युवाहरूले यो अभियान सञ्चालन गर्न लागेका हुन्। युवाहरूको यस मानवीय पहलले आर्थिक अवस्था कमजोर भएका र यातायातको […]
कञ्चनपुरमा प्रहरीले दिसा गराउने क्रममा एक व्यक्तिको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरेको छ। लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा पक्राउ परेका भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौँ । हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण विभिन्न बाहना सारिँदै आएको छ । कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद यसपल्ट आगामी मङ्सिर १६ देखि २९ गतेसम्म हुने तयारी छ । २०८१ सालमा नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन । यसको तयारीबारे नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय […]
बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ । तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन । परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ । बाढीमा बेपत्ता प्रदीप […]
२ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने गरी अघि बढाइएको पुनर्संरचनाको काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणको संरचनात्मक सुधारका लागि तयार पारिरहेको रोडम्यापलाई अन्तिम …