पाँचखाल नगरपालिकाद्वारा नगरवासीलाई नि:शुल्क रगत उपलब्ध गराउने

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई नि:शुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।  नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब नि:शुल्क रगत पाइने भएका हुन् । “पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण  ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भने । सम्झौता अनुसार रेडक्रसले नि:शुल्क आवश्यक रगत उपलब्ध गराए […]