वन क्षेत्रमा हराएका बज्यै-नातिनी दशगजामा भेटिए

कञ्चनपुर : बयर टिप्न वन क्षेत्रमा जाँदा हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्त जिम्मा लगाएको छ। भीमदत्त नगरपालिका-९, खल्लाका ६५ वर्षीया धना टमटा  र उनका नातिनी ६ वर्षीय तारा टमटा सोमबारदेखि हराइरहेका थिए।बयर टिप्न जाँदा हराएपछि परिवारजनले खोजतलास गरिदिन खल्लास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टलाई गुहारेका थिए। खोजीमा निस्केको सशस्त्रको टोलीले बज्यै-नातिनीलाई मंगलबार साँझ नेपाल-भारत सीमा नजिक दशगजा क्षेत्रबाट सकुशल उद्दार गरेको हो।उद

सम्बन्धित सामग्री

रविन्द्रले रुसका डोंगाकलाई नकआउट गर्दै हराए

काठमाडौं (हाम्रो खेलकुद) – मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै वन फ्राइडे फाइट्समा जित हासिल गरेका छन् । शुक्रबार थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराएका हुन् । व्यावसायिक फाइट करिअरको छैटौं खेलमा पनि जित हासिल […] The post रविन्द्रले रुसका डोंगाकलाई नकआउट गर्दै हराए first appeared on हाम्रो खेलकुद.

रौतहटमा बाघ गणनाका लागि राखिएका क्यामारा हराए

माघ २४, रौतहट । बाघ गणनाका लागि वनमा राखिएका क्यामारा हराएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग निकुञ्ज विभागको नेतृत्व एवम् डिभिजन वन कार्यालय, डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपालको सहयोगमा रौतहटकोे वनमा १२२ ओटा क्यामारा जडान गरिएको थियो ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार चार ओटा क्यामारा हराएको, दुई ओटा चोरी र केहि कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ । क्यामारा ट्यापिङ्गको सहयोगमा बाघ गणनाका लागि माघ ४ गतेदेखि नै वनमा क्यामेरा राखिएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले बताए ।  उनका अनुसार चाँदी नदीदेखि वाग्मती सम्मको बिचको जंगलमा राखिएका ४ ओटा क्यामारा हराएको छ । पौराई तथा वाग्मती क्षेत्रका वनबाट राखिएको एक/एक थान क्यामेरा चोरी भएको उनले बताए ।  बाघको आवतजावत हुने स्थानकै क्यामेरा चोरी भएकाले बाघ गणनालाई असर पार्ने उनले चिन्ता व्यक्त गरे । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनका प्रमुख डा. बाबुराम लामिछानेले माघ ४ गतेदेखि नै वनमा राखिएको क्यामारा १५ दिनसम्म रहने र त्यसपछि सबै संकलन गरेर तथ्यांक विश्लेषण गरी बाघ गणना गरिने बताए ।  उनका अनुसार तथ्यांक् विश्लेषण गरी दुईदेखि तीन महीनासम्ममा बाघको यकिन तथ्यांक निकाल्न सकिन्छ ।  तर क्यामारा नै हराएका कारण बाघको तथ्यांकमा असर पर्ने सक्ने उनको भनाइ छ । गत वर्ष रौतहटको वन क्षेत्रमा ४ ओटा बाघ फेला परेको थियो ।  पछिल्लो समयमा वन संरक्षण उल्लेखनिय भएकाले बाघको संख्यामा वृद्धि भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताए ।  बाघको आक्रमणबाट केहि वर्ष अघि चन्द्रपुर ६ का एक युवक मारिएका थिए भने केहि घाईते समेत भएका छन् । बाघले पशु चौपायलाई पनि आक्रमण गर्ने गरेको डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ ।

लाखौं मूल्यको काठ गायब

बाणगंगा नगरपालिकास्थित शृंगीघाट सामुदायिक वन क्षेत्रबाट ९ सय क्युफिटभन्दा बढी काठका गोलिया हराएका छन् । वाणगंगा–१, ३, ४ र ५ स्थित जिल्लाको ठूलो सामुदायिक वनबाट हराएको दुई साताभन्दा बढी समय भए पनि अझैसम्म काठ फेला परेको छैन । काठ हराएको सूचना वन उपभोक्ता समितिले लुकाएको थियो । वन कार्यालयका कर्मचारीले ढिलो गरी घटना सार्वजनिक गरेका हुन् ।

आरजु राणालाई हराएका कैलालीका नारदमुनि बने वनमन्त्री

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद् विस्तारमा कैलालीबाट नारदमुनि राना वनमन्त्री बनेका छन्। ओलीले ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। थपिने मन्त्रीहरुको आजै शपथग्रहण गर्ने कार्यक्रम तय छ। यस्तै बझाङबाट निर्वाचित समानुपातिक सांसद आशा कुमारी विकले पनि वन राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्। को हुन् नारदमुनि राना? २०२९ वैशाख १९ गते धनगढी उपमहानगरपालिका ९ धनगढी गाउँमा स्वर्गीय रत्तीराम राना थारु र सुदामा देवी राना थारूबाट जन्मिएका रानाले राजनैतिकशात्रमा स्नात...

बयर टिप्न जाँदा जंगलमा हराएका बज्यै–नातिनी आफन्तको जिम्मा लगाइयो

भीमदत्तनगर । भीमदत्त नगरपालिका–९ खल्लाका बयर टिप्न वन क्षेत्रमा गई हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ ।

ढुक्क हुनुहोस्, न्याय पाउनुहुन्छ

जाजरकोट : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले रुकुम घटनाका पीडितलाई न्याय दिलाएरै छाड्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत मृतक युवकहरुप्रति श्रदान्जली व्यक्त गदै हराएका बाँकी १ जनाको खोजीकार्य जारी रहेको बताएका छन्।  ‘चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबाट ५ जना युवाहरु नवराज वि...