बाणगंगा नगरपालिकास्थित शृंगीघाट सामुदायिक वन क्षेत्रबाट ९ सय क्युफिटभन्दा बढी काठका गोलिया हराएका छन् । वाणगंगा–१, ३, ४ र ५ स्थित जिल्लाको ठूलो सामुदायिक वनबाट हराएको दुई साताभन्दा बढी समय भए पनि अझैसम्म काठ फेला परेको छैन । काठ हराएको सूचना वन उपभोक्ता समितिले लुकाएको थियो । वन कार्यालयका कर्मचारीले ढिलो गरी घटना सार्वजनिक गरेका हुन् ।