धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद् विस्तारमा कैलालीबाट नारदमुनि राना वनमन्त्री बनेका छन्।
ओलीले ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। थपिने मन्त्रीहरुको आजै शपथग्रहण गर्ने कार्यक्रम तय छ। यस्तै बझाङबाट निर्वाचित समानुपातिक सांसद आशा कुमारी विकले पनि वन राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।
को हुन् नारदमुनि राना?
२०२९ वैशाख १९ गते धनगढी उपमहानगरपालिका ९ धनगढी गाउँमा स्वर्गीय रत्तीराम राना थारु र सुदामा देवी राना थारूबाट जन्मिएका रानाले राजनैतिकशात्रमा स्नात...