भारतको दार्जीलिङसँग जोडिएका नेपालका नाका सिल

झापा – छिमेकी  मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल गरिएको छ। दार्जीलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको चुनावका कारण नेपालका नाका सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। दार्जीलिङमा आइतबार चुनाव हुँदैछ। शुक्रबार बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो। पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा नाका सिल गरिएको हो। […]

सम्बन्धित सामग्री

पूर्व सूचना बिनै भारतीय प्रशासनद्वारा वीरगञ्ज–रक्सौल नाका सिल

पर्सा, पुस १ । छिमेकी राष्ट्र भारतको विहारमा आईतबार हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल–भारत नाका सिल गरिएको छ । विहारमा हुने प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त भारतीय पक्षले विहिबार दिउँसोदेखि नै पर्सासँग जोडिएको नेपाल–भारत नाका बन्द गरेको हो । विहारसँग जोडिएका वीरगञ्ज–रक्सौल नाका पूर्व सूचना बिनानै भारतीय प्रशासनले एकतर्फी रुपमा सिल गर्दा […]

बेलहिया नाका : अत्यावश्यक वस्तु आयात, पर्यटकलाई प्रवेश [तस्बिरहरू]

नेपालमा हुन गइरहेकाे आमनिर्वाचनको मौन अवधि सुरु भएसँगै नेपाल–भारत बेलहीया नाका सिल गरिएको छ।  गएराति १२ बजेबाट सिल गरिएको नाकाबाट सुरक्षाकर्मीहरुको समन्वयमा अत्यावश्यक वस्तु आयातलाई सहज बनाइएको सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख...

चुनाव हुनुभन्दा ७२ घण्टाअघि नेपाल-भारत सीमा नाका सिल गर्ने सहमति

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ ।  भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहिबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ । “बैठकमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ”, उनले भने, “निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।” उनले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमाथि दुव्र्यवहार हुने गुनासो आएकाले यस विषयमा पनि भारतीय सुरक्षा अधिकारीसमक्ष नाकामा मैत्रीपूर्ण व्यवहारको वातावरण बनाउन आग्रह गरिएको बताए । “नाकामा हुने काठ तस्करी, चोरी निकासी र आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा एकआपसमा सहयोग गर्ने कुरामा पनि बैठकमा सहमति भएको छ”, उनले भने, “हुलाकी राजमार्ग निर्माणमा पनि अवरोध आएकाले सम्बन्धित स्थानीय अधिकारीहरूले स्थलगत अवलोकन गरेर सहजीकरण गर्ने विषयमा छलफल भएको छ ।”संयुक्त बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू, राष्ट्रिय अनुसन्धानका अधिकारीहरू, कञ्चनपुर भन्सार कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक, नापी तथा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलगायतको सहभागिता थियो । भारतीयपक्षबाट उद्धमसिंहनगर उत्तराखण्डका डीएम युगल किशोर पन्त, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का ५७ बटालियन सीतारगञ्जका प्रमुख अनिल कुमार, उद्धमसिंहनगरका प्रहरी प्रमुख एसएसपी मञ्जुनाथ टीसीलगायतका अधिकारीहरूको सहभागिता थियो । स्थानीयस्तरका समस्या समाधान र अपराध नियन्त्रणका लागि हरेक तीन÷तीन महिनामा नेपाल–भारत संयुक्त बैठक हुँदै आएको छ ।

नाका सिल, अलपत्र परेकाको उद्धार

बाँके नेपालगञ्ज मंगलबार राति १२ बजेदेखि सिल गरिएको छ । चुनावलाई मध्यनजर गर्दै नाका सिल गरिएको हो । भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ । नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ । अलपत्र परेका यस्ता व्यक्तिलाई आउन र जान दिने भनिएको छ । रातिमा नेपालगञ्ज नाकामा आइपुगेका पहाडी जिल्लाका […]

जोगबनी नाका सिल

स्थानीय पालिकाहरुको ३० बैसाखमा हुने निर्वाचनका लागि नेपाल -भारत सिमा क्षेत्रको विराटनगर - जोगबनी नाका सिल भएको छ । गृहमन्त्रालयको  निर्देशन अनुसार मोरङ प्रशासनले मंगलबार राती १२ बजेदेखी प्रदेश १ को...

मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने

सर्लाही । नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका उच्च पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ । मधेश प्रदेश अन्तर्गतको महोत्तरी स्थित बर्दिबासमा सर्लाही,महोतरी, रौतहट तथा भारतको सितामढी जिल्लाका पदाधिकारी र सम्बन्ध अधिकारीबिच संयुक्त सिमा समन्वय बैठक सम्पन्न भएको हो । बैठकले वैशाख ३० गते हुने स्थानीय तहको मतदानको ७२ घण्टा अघि सिमा […] The post मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

६२ पुग्यो खोटाङमा संक्रमितको संख्या

दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ।...

भारतसँग जोडिएका धनुषाका सबै नाका सिल

भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि धनुषासँग जोडिएका नेपाल-भारतका सबै सीमानाका बन्द गरिएको छ।

प्रदेश २ सँग जोडिएका सबै नाका सिल गर्न बागमती सरकारको आग्रह

बागमती प्रदेश सरकारले प्रदेश २ सँग जोडिएका सबै नाका सिल गरिदिन संघीय सरकारसँग आग्रह गरेको छ । प्रदेश २ मा कोरोना

चुनावका लागि सीमा नाका सिल, मदिरामा पनि कडाइ

स्थानीय तह निर्वाचनलाई लक्षित गरी पर्सास्थित भारतसँग जोडिएको सीमा नाका सिल गरिएको छ । शुक्रबार मध्य राति १२ बजेबाट ७२ घण्टाका लागि नाका सिल गरिएको हो ।