चुनाव हुनुभन्दा ७२ घण्टाअघि नेपाल-भारत सीमा नाका सिल गर्ने सहमति

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ ।  भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहिबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ । “बैठकमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ”, उनले भने, “निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।” उनले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमाथि दुव्र्यवहार हुने गुनासो आएकाले यस विषयमा पनि भारतीय सुरक्षा अधिकारीसमक्ष नाकामा मैत्रीपूर्ण व्यवहारको वातावरण बनाउन आग्रह गरिएको बताए । “नाकामा हुने काठ तस्करी, चोरी निकासी र आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा एकआपसमा सहयोग गर्ने कुरामा पनि बैठकमा सहमति भएको छ”, उनले भने, “हुलाकी राजमार्ग निर्माणमा पनि अवरोध आएकाले सम्बन्धित स्थानीय अधिकारीहरूले स्थलगत अवलोकन गरेर सहजीकरण गर्ने विषयमा छलफल भएको छ ।”संयुक्त बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू, राष्ट्रिय अनुसन्धानका अधिकारीहरू, कञ्चनपुर भन्सार कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक, नापी तथा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलगायतको सहभागिता थियो । भारतीयपक्षबाट उद्धमसिंहनगर उत्तराखण्डका डीएम युगल किशोर पन्त, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का ५७ बटालियन सीतारगञ्जका प्रमुख अनिल कुमार, उद्धमसिंहनगरका प्रहरी प्रमुख एसएसपी मञ्जुनाथ टीसीलगायतका अधिकारीहरूको सहभागिता थियो । स्थानीयस्तरका समस्या समाधान र अपराध नियन्त्रणका लागि हरेक तीन÷तीन महिनामा नेपाल–भारत संयुक्त बैठक हुँदै आएको छ ।

सम्बन्धित सामग्री

नेपाल भारत सीमा सिल

भारतमा सोमवार हुने अठारौँ लोकसभा निर्वाचनलाई ध्यानमा राखी नेपाल भारत सीमा नाका सिल गरिएको छ । महोत्तरीसँग सीमा जुटेको भारत विहारको सीता मढी र मधुवनी जिल्लामा पा“चौ चरणअन्तर्गत जेठ ७ गते मतदान हुँदै छ ।

फोटोफिचर: सीमा सिलले सकस

आइतबार प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदैछ । यही चुनावलाई लक्षित गरेर भारतीय सुरक्षा अधिकारीसँगको समन्वयमा स्थानीय प्रशासनले मंसिर १ देखि ७२ घण्टा नेपाल–भारत सीमा नाका ‘सिल’ गर्ने निर्णय गरेको छ । चुनाव सकिएको भोलिपल्ट सोमबार बिहानदेखि मात्रै सीमा खुला गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

जीटीए चुनावका कारण नेपाल-भारत नाका सिल

दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल-भारत सीमा नाका सिल गरिएको छ ।

सीमा नाका बन्द गरिने

स्थानीय तह निर्वाचनका लागि सर्लाही, महोत्तरी र रौतहटको नेपाल–भारत सीमा नाका तीन दिन अघिदेखि बन्द गरिने भएको छ । मङ्गलबार महोत्तरीको बर्दिबासमा बसेको तीन जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीमामढी जिल्लाका पदाधिकारी र सम्बद्ध अधिकारीबीचको संयुक्त सीमा समन्वय बैठकले मतदानको तीन दिनअघि अर्थात् ७२ घण्टा अघिदेखि सीमा नाका सिल (बन्द) गर्ने निर्णय गरेको हो ।

तरकारी र खाद्यान्‍न बोकेका गाडीबाट नेपाल प्रवेश गर्छन् भारतीय

बाँके : नेपाल–भारत सीमा नाका सिल गरिए पनि मानिसको आऊजाऊ रोकिएको छैन। मजदुरी गर्न भारत गएका नेपालीलाई स्वदेश फर्किन सकिरहेका छैनन्। तर तरकारी र खाद्यान्न ढुवानी गर्ने नाममा भारतीयहरु नेपाल प्रवेश गरिरहेका छन्। यो एक हप्ताको अवधिमा चार सय ७१ जना भारतीय नेपाल आएका खुलेको छ। उनीहरु अत्यावश्यक सामान ओस...

भारतमा नेपाली मजदुरको पीडा : 'कोरोनाले होइन, खान नपाएर मर्ने भयौँ'

बाँके : कोरोना भाइरस भित्रिन सक्ने आशंकामा नेपाल-भारत सीमा नाका सिल गरिएको छ। दुवै देशबाट मानिस ओहोर दोहोर गर्न नदिन दुवै देशको सहमतिमा नाका सिल गरिएपछि भारतमा रहेका नेपाली भारतमै अड्किएका छन् भने कामका शिलशिलामा नेपालमा रहेका भारतीय यतै रोकिएका छन्। नेपाल-भारत सीमानाका शिल गरिएपछि यसको सबैभन्दा ठूलो...