राष्ट्रपतिले गरिन् नारायण दाहाललाई सांसद मनोनीत

काठमाडौं : सरकारको सिफारिशमा नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन्। राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि समाप्त भएपछि सो स्थानमा सरकारले दाहालको नाम सिफारिश गरेको हो।राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ दाहाललाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन्। आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लाग्ने भएकाले आज नै सरकारले दाहालको नाम सिफारिश गरेको हो। राष्ट्रियसभा सदस्य मनोनीत दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ हुन्।    

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका छन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्...

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका छन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्...

संसद्मा अड्किएर बसेका कानुन पारित गर्न पहल गर्छु : राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन फेरबदल भएसँगै राष्ट्रिय सभा अध्यक्ष पद माओवादीको भागमा परेको थियो । माओवादीले राष्ट्रपतिबाट मनोनीत सांसद दाहाललाई उम्मेदवार बनाउने निर्णय लिएको थियो ।

राष्ट्रियसभाको अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । जारी राष्ट्रियसभा बैठकमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेका हुन् । नेपाली कांग्रेसका शर्मालाई लोसपाको पनि समर्थन छ । ५६ सांसद सहभागी बैठकमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको छ । गठबन्धनबाट नारायण दाहाल उम्मेदवार छन् ।

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी सांसद दाहाल निर्वाचित

माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको मतदानमा दाहालले ३९ मत पाउँदै विजयी हुनुभएको हो । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हो । दाहालसंगै अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका सासद युवराज शर्माले १७ मत पाउनुभयो । दाहाल सत्तारुढ …

राष्ट्रियसभा अध्यक्षका उम्मेदवार युवराज शर्माको प्रस्ताव प्रस्तुत

काठमाडौँ - राष्ट्रियसभा अध्यक्ष  निर्वाचन प्रयोजनका लागि माथिल्लोसभाको आजको बैठकमा उम्मेदवारका प्रस्तावकबाट प्रस्ताव प्रस्तुत भएको छ ।  सो पदको निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता साझेदार दलका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्...

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद् भवन नयाँ बानेश्वरमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

‘राष्ट्रपति र सभामुख पनि नेकपा (माओवादी केन्द्र) लाई नै दिए भैहाल्छ नि !’

काठमाडौं, १ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सम्भव भएसम्म राष्ट्रिय सहमतिमा अघि बढ्न चाहिरहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको सुरुदेखिकै चाहना राष्ट्रिय सहमति हो । हिजो एमालेसँग एकखाले सहमति भएको हो । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि अर्कै परिस्थिति बनेको छ । देशको राजनीतिक अवस्था बदलिएको […]

प्रचण्डको भाइ भएकै कारण मैले योगदान अनुसारको अवसर पाइन : नारायण दाहाल

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा मनोनीत भएका माओवादी नेता नारायणप्रसाद दाहालले अध्यक्ष प्रचण्डको पारिवारिक सदस्य भएकै कारण आफूले योग्यताअनुसारको अवसर धेरै पटक गुमाउनुपरेको गुनासो गरेका छन् । राष्ट्रियसभा सदस्यको शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै सांसद दाहालले माओवादी आन्दोलनमा प्रचण्ड र आफू एकैदिन होलटाइमर भएर हिँडेको र सिङ्गो परिवार जनयुद्धमा सामेल भएको बताए । दाहालले भने, ‘अध्यक्ष […]