काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमी–कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अडाडि बढाउने बताउनुभएको छ ।
राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविसं) नेपालको घोषणा सभालाई हिजाे बिहीवार सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताउनुभयो । संवर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै उहाँले ...