कास्की – गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि झन्डै ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । गण्डकी सरकारले आन्तरिक राजस्व पाँच अर्ब नाै करोड उठाउने लक्ष्य लिएको छ । यस्तै रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । गण्डकी सरकारले प्रदेशभित्रका ८५ पालिकालाई झन्डै चार अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।सरकारले विभिन्न शीर्षकका अनुदानमा दुई अर्ब ११ कर...