पाल्पा २ : एमालेका ठाकुरप्रसाद गैरे विजयी

पाल्पा : पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी भएका छन्। उनी ३,९६६ मतान्तरले विजयी भएका हुन्।गैरेले २७,८१७ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २३ हजार ८५१ मत पाएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५,१८०, भाले १,५७०, क्रस खुकुरी ५०१, घर ५१६, छाता १०९, चेसबोर्ड ७, तिर २०४, तारा ११६, मादल ३५, कैँची ८८, आमा चिह्नले ९९ मत प्राप्त गरे।मत गणना केही समयअघि सकिएको हो। औपचारिक घोषणा हुन बाँकी छ।

सम्बन्धित सामग्री

पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश

पाल्पा । पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका समाजवनदीका सोम प्रसाद पाण्डेले २३ हजार ८५१ मत आएको थियो […]

पाल्पा-२ मा एमालेका गैरे विजयी

काठमाडौँ,९ मँसिर । पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी वाम(लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख […]

पाल्पा-२ मा एमालेका ठाकुरप्रसाद गैरे विजयी

तानसेन– पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गगत अर्यालले […]

पाल्पा–२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

बुटवल – पाल्पा २ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन्। गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरैले ५ हजार १८० मत […]

पाल्पा-२ बाट एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित

पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका छन् ।

पाल्पा-२ मा ठाकुर गैरेको जित सुनिश्चित

पाल्पा : पाल्पा क्षेत्र नम्बर २ को मतगणाना जारी छ। नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे जित नजिक पुगेका छन्।गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका सोमप्रसाद पाण्डेले पछ्याइरहेका छन्।  यद्यपि मतपरिणामअनुसार मतान्तर निकै बढेको छ। कुल ४४ वडामध्ये ३ वटा वडाको मात्र मतगणना हुन बाँकी  छ।पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार  ठाकुरप्रसाद गैरेले २७ हजार २८८ प्राप्त गरेका छन्। गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २