नेकपा एमालेले कात्तिक १५ गतेसम्म प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ। पार्टीको अधिवेशनको कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो । यसअघि काँग्रेसले पनि आन्तरिक कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको थियो । पत्रमा भनिएको छ, ‘प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलको तर्फबाट आजको बैठक स्थगत गर्नका लागि सभामुखसमक्ष पत्र पेश गरेको जानकारी हुन आउँदा हाम्रो पार्टी एमालेको पनि दशौँ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, ११ गत