काँग्रेस पदाधिकारी बैठक स्थगित

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ । देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । तर, देउवाको कार्यव्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाको कार्यव्यस्ताको कारण बैठक स्थगित भएको जानकारी दिए ।    

सम्बन्धित सामग्री

काँग्रेस पदाधिकारी बैठक आज नबस्ने

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बोलाइएको पदाधिकारी बैठक नेताहरूको कार्यव्यवस्तताका कारण स्थगित भएको हो । बैठक अब शुक्रवार बस्ने एक नेताले जानकारी दिए । शुक्रवार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा […]

काँग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक सरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार विहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजेलाई सरेको हो । देउवाले पार्टीका शीर्षस्थ नेतासँग सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र  पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न खोजेका छन् ।मंगलबार प्रधानमन्त्रीको सपथ लिएर देउवाले काँग्रेस र माओवादी केन्द्रबाट दुई

आज बस्ने भनिएको काँग्रेस पदाधिकारी बैठक स्थगित

पाली काँग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बिहीबार दिउँसो २ बजे काँग्रेस पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुबीचको बैठक हुन नसकेको काँग्रेस नेता डा. नारायण खड्काले बताउनुभयो । काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन र पार्टीको आन्तरिक छलफलका लागि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको थियो ।

काँग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । एक नेताका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको हो । आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । […]

नेता पौडेल अस्वस्थ बन्दा काँग्रेस पदाधिकारी बैठक स्थगित

काँग्रेस पदाधिकार बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित भएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए । महतका अनुसार सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल गर्ने बैठक बोलाए पनि वरिष्ठ नेता पौडेलको आग्रहमा सोमबारको बैठक मंगलबार सारिएको हो । पौडेलले आज आफूलाई अलि सञ्चो नभएको भन्दै बैठक सार्न आग्रह गरेका थिए ।