अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी ज्यासीले २०२१ अर्थात एक वर्षको अवधिमा कुल २१ करोड २७ लाख डलर बराबरको सुविधा लिएका छन् । प्रविधि कम्पनीमा पहिलो वर्षको अवधिमा उनको पारिश्रमिकमा राम्रो वृद्धि समेत भएको समाचारमा जनाइएको छ ।उनको धेरैजसो पारिश्रमिकको सुविधा आगामी १० वर्षका लागि सेयरमा जाने कम्पनीको फाइलिङमा उल्लेख गरिएको छ । ज्यासीको २०२१ को पारिश्रमिकको सुविधामा उनले २०२० मा पाएको भन्दा ६ गुणाले वृद्धि भएको छ । २०२० मा उनी अमेजनको नाफा कमाउने क्लाउड कम्प्यूटिङ आर्म एडब्लूएसका प्रमुख थिए