गत आर्थिक वर्षमा बैंकहरुको लागि टाउको दुखाइको विषय बनेको लगानीयोग्य रकम (तरलता) अभावको समस्या चालु आर्थिक वर्षमा पनि देखिएको छ । तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट तीन महिनाभन्दा पनि कम समयमा करिब २१ खर्ब रुपैयाँ सापटी लिएका छन् ।नेपाल राष्ट्र बैंकका अनुसार गत साउनदेखि असोज २४ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत २० खर्ब २८ अर्ब ११ करोड रुपैयाँ अल्पकालीन सापटी लिएका छन् । यस्तै, रिपो मार्फत ५५ अर्ब १५ करोड रुपैयाँ सापटी लिएका छन् ।