दाङ : तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय दाङमा गत आर्थिक वर्षमा साढे ३० हजार बढी बिरामीले सेवा लिएका छन्। अस्पतालले सेवा सुविधा बढाउँदै ल्याएपछि सेवा लिने बिरामीहरूको क्रम बढि रहेको अस्पतालले जनाएको छ।अस्पतालका सूचना अधिकारी वसन्तबहादुर केसीका अनुसार विगतका वर्षहरूको तुलनामा पछिल्लो समय बिरामीहरूको संख्या बढ्दै गएको छ।अस्पतालबाट दिइने सेवाको प्रभाव र सर्वसुलभ सेवाका कारण बिरामीहरूको संख्या बढ्दै गएको समेत उनले बताए। उनले भने, ‘हामीले विशेषज्ञ राम्र