९ असार, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्रेको […]
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशन सार्ने सम्बन्धमा मतभेद देखिएको छ । बूढानीलकण्ठमा जारी विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको हो ।संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन् । तर, इत्तर पक
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू भएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिरहेको हो ।
प्रधानमन्त्री बनेलगत्तै उनले कांग्रेस बैठकहरू बालुवाटारमा बोलाउँदै आएका थिए । तर, त्यसको विरोध भएपछि बूढानीलकण्ठमा बैठक बोलाइएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता विवादका कारण अनशन र धर्ना चलिरहेकाले देउवाले बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
बैठकमा क्रियाशील सदस्यता ...
विपक्षी गठबन्धनका ४ नेताबीच बिहीबार भेटवार्ता भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका पूर्वमहासचिव माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो राजनीतिक अवस्थाका साथै प्रधानमन्त्री केपी ओलीसँग कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको माओवादी स्रोतले बताएको छ ।
बूढानीलकण्ठमा झण्डै साढे २ घण्टा चलेको भेटमा चार दल मिल्दा प्रदेशमा सकारात्मक नतिजा आएको र थप एकताबद्ध भएर ओलीविरुद्ध संघर्ष गर्ने सहमति स...
काठमाडौँ। शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी पाँच दलका शीर्ष नेताको बैठक बसिरहेको छ । कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरू भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दिएको समयसीमा सकिन केही घण्टा बाँकी रहँदा कांग्रेसले सरकार बनाउनेबारे छलफल गर्न बैठक गरिरहेको छ ।
यसअघि सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरिसकेका छन् ।
नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेपछि यसले मूर्तरूप लिन सकेको छैन। यद्यपि काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहबीच