काँग्रेस बैठकको दोस्रो दिन बूढानीलकण्ठमा के-के भयो ?

 नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशन सार्ने सम्बन्धमा मतभेद देखिएको छ । बूढानीलकण्ठमा जारी  विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको हो ।संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन् । तर, इत्तर पक