साउदी जाने र आउने श्रमिकलाई हिमालय एयरलाइन्सको ठगी

हिमालय एयरलाइन्सले रोजगारीका लागि साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम शोषण गरिरहेको छ । यो एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको लगानी छ । साउदी अरेबियाको उडानमा अर्को प्रतिस्पर्धी नभएको फाइदा उठाउँदै हिमालयले क्वारेन्टिनसहित एकतर्फी भाडा नै दुई लाख रुपैयाँसम्म असुली गरिरहेको छ । जब कि सामान्य अवस्थामा साउदीको […]

सम्बन्धित सामग्री

अस्ट्रेलिया जाने बारे टिकटकको मिथ्या सूचनाले ठगी

अहिले लोकप्रिय सामाजिक सञ्जाल टिकटक विभिन्न सूचना र मनोरञ्जन दिने माध्यम बनेको छ। तर, कहिलेकाहीँ यसबाट आउने मिथ्या सूचनाले कतिपय ठगिने गरेका छन् भने आम सर्वसाधारणमा भ्रम पनि फैलाइरहेको छ।...

युरोप रोजगारीबारे सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्ने क्रम बढ्यो

काठमाण्डौ – सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञानपनमा विश्वास नगर्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । पछिल्लो समय युरोप रोजगारीका विभिन्न विज्ञापनहरू फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतबाट गर्दै ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले भनेको हो ।  युरोपका देश रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्वानिया र क्यानडाजस्ता देशमा काम गर्ने भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको छ । यस्ता देशहरूमा रोजगारी...

युरोपको आकर्षण देखाई हुने ठगी बढ्दो

काठमाडौं, जेठ २३। केही संस्था वा व्यक्तिले भ्रमण भिसाका विभिन्न मुलुकमा आकर्षक तलब र सेवासुविधा उपलब्ध गराउने भन्दै नेपाली युवालाई ठगी गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ । विभागले विज्ञप्तिमार्फत नेपाली युवालाई युरोपका विभिन्न देशमा लगेर अलपत्र पारेका उजुरी आउने क्रम बढेकाले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो । विभागका अनुसार शैक्षिक परामर्शनका लागि खोलिएका […]

डिभी परेको भन्दै आउने इमेल, टेक्स्ट वा पत्रहरु ठगी हुन्, यसरी चेक गरौं अनलाइन

अमेरिकी सरकारको विदेश मन्त्रालयले आधिकारिक वेवसाइटमा गएरमात्र डिभी परे नपरेको चेक गर्न सुझाव दिएको छ । डिभी परे नपरेको जाँच गर्ने एकमात्र तरिका आधिकारिक वेवसाइटमा गएर चेक गर्नु रहेको उल्लेख गर्दै विदेश मन्त्रालयले डिभी परेको भन्दै आउने इमेल, टेक्स्ट वा पत्रहरु ठगी भएको जनाएको छ । डिभी लोटरीको नतिजा आउनुभन्दा अगाडि विदेश मन्त्रालयले डिभी भरेकाहरुलाई […]

झापामा सुन जस्तो देखिने पहेँलो धातु देखाई ठगी

झापामा  सुन जस्तो देखिने पहेँलो धातु देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले ईलाम फाक्फोकथुम गाउँपालिका-७ घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय

काम छिटो गरिदिने भन्दै ईपीएस कोरिया शाखा परिसरमा ठगी गर्ने बढे

काठमाण्डौ – तपाईँ रोजगारीका लागि ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने तयारीमा हुनुहुन्छ र भाषा परीक्षा पास गरी थप प्रक्रियाका लागि ईपीएस शाखामा आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ भने सचेत हुनुहोस् । शाखा कार्यालय परिसर भित्र तथा बाहिर शाखाबाट प्राप्त हुने सेवाका लागि आउने तपाईँलाई छिटो काम मिलाइदिन्छ भनी आफैं वा कर्मचारीहरूको नाममा रकम माग्ने र ठगी गर्ने क्रम बढेको छ । पछिल्लो समय ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा काम छिटो गरिदिने र कर्मचारी चिनेको छु भन्दै रकम लिएर ठगी गर्ने गरेको भन्ने गुनासो बढेको ...

अख्तियारको ईन्स्पेक्टर हुँ भनि ठगी गर्ने एकजना पक्राउ

आफू अख्तियारको ईन्स्पेक्टर भएको भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको विभिन्न नाकामा गई भारतबाट नेपाल आउने विभिन्न व्यक्तिहरुसंग रकम उठाउदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरी र...

प्रहरी रिपोर्ट : अनलाइन सेवा दिँदा पनि हटेन ठगी

काठमाडौं : केही समयअघि कन्सुलर विभागमा प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो। लाइनले सर्वसाधारणलाई सास्ती भोग्नुपरेको भन्दै कन्सुलर विभागले गत भदौमा अनलाइन सेवा सुरु गरेको थियो। विभागमा दैनिक २ हजारभन्दा बढी सेवाग्राही आउने गरेका थिए। भीडलाई व्यवस्थापन गर्ने उद्देश्यले अनलाइन सेवा सुरु गरिए पनि यसले सर्वसाधारणलाई सहज बनाउनुको साटो केहीका लागि ठगी गर्ने बाटो बनेको छ।सर्वसाधारणले आफैंले भर्नसक्ने फारम म्यानपावर कम्पनी वा अन्य व्यक्

‘अमेरिका पठाइदिन्छु’ भनेर ठगी गरेको आरोपमा पक्राउ

‘अमेरिका पठाइदिन्छु’ भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाउँछु भनेर ११ लाख ५० हजार ठगी गरेका थिए ।अमेरिका जान ४० लाख लाग्ने र त्यहाँ पुगेपछि कोकाकोला कम्पनीमा महिनाको ३ लाख तलव आउने जागिर लगाइदिने आश्वासन दिएका