जोरपाटी–साँखु सडक कालोपत्र गर्न माग गर्दै सडक अवरुद्ध

काठमाडौं :  काठमाडौंको जोरपाटी–साँखु सडक खण्ड कालोपत्र गर्न माग गर्दै थलीका स्थानीयले सडक अवरुद्ध पारेका छन्। थलीको मिलनचोकमा जम्मा भएका स्थानीयले बिहानैदेखि सडक बन्द गरेर विरोध जनाएका छन्।उनीहरुले अत्यावश्यकबाहेक अन्य गाडी चल्न दिएका छैनन्। सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताउँदै आएका छन्।

सम्बन्धित सामग्री

सिसडोलका बासिन्दाले तत्काल सडक कालोपत्र गर्न माग गर्दै फेरि फोहोरका गाडी रोके

काठमाण्डाै – चार दिनदेखि फोहोर नउठाउँदा काठमाण्डौ उपत्यकामा दुर्गन्ध फैलन थालेको छ । पासाङल्हामु राजमार्ग कालोपत्र गर्न माग गर्दै स्थानीयबासीन्दाले गरेको अवरोधका कारण फोहोरका गाडी सिसडोलमा जान नसक्दा काठमाण्डौ उपत्यकाको फोहोर उठान नसकिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । सिसडोल पुग्ने सडकमा भएको अवरोधका कारण शुक्रवारदेखि नै काठमाण्डौको फोहोर उठेको छैन । यसअघि मंसिर र फागुनमा पनि सिसडोलका बासिन्दाले अवरोध गर्दा काठमाण्डौमा लामो समय फोहोर थुप्रिएको थियो । सडक तत्कालै कालोपत्र गर्ने सहमति ...

कालोपत्रेको माग गर्दै जोरपाटी-साँखु सडकखण्ड बन्द

काठमाडौं । जोरपाटी-साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीवासीले सडक बन्द गरेका छन् । सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका छन् । सडक कालोपत्र गर्न दवाव दिएको स्थानीयले बताएका छन् । २०७६ जेठ मा छ महिनाभित्र कालोपत्र गर्ने सहमति भएको थियो । तर दुई वर्ष भइसक्दा पनि सडक जस्ताको त्यस्तै भएपछि स्थानीय बासिन्दाले विरोध गरेको […]

स्थानीयले अवरुद्ध गरे जोरपाटी–साँखु सडक

काठमाडौं । सडक कालोपत्र गर्नुपर्ने माग राख्दै थलीका स्थानीयले जोरपाटी–साँखु सडकखण्ड अवरुद्ध गरेका छन् । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलोधुवाँको सास्ती खेप्दै आएका स्थानीयले आज बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । अवरोधका कारण सवारी आवागन प्रभावित भएको छ । जोरपाटी–साँखु सडकखण्ड ६ वर्षदेखि पिच हुन सकेको छैन । गोकर्णेश्वर नगरपालिकाले लामो...

सडक कालोपत्र गर्न माग गर्दै मध्यपुरथिमीबासी आन्दोलित

भक्तपुर। मध्यपुरथिमी नगरपालिका कार्यालय अगाडिको सडकमा खाल्डो र हिलाम्मे भएपछि स्थानीयवासी आन्दोलित भएका छन्। उनीहरुले आज नगरपालिका कार्यालय घेराउ समेत गरेका छन्।मध्यपुरथिमी नगरपालिका–६ स्थित नगरपालिका कार्यालय अगाडि दुई वर्षदेखि सडक चौडा गरेर ग्राबेल बिछ्याए पनि कालोपत्रे नगरेका कारण खाल्डो र हिलाम्मे भएको छ। त्यसैले सडक कालोपत्र गर्न माग गर्दै नगरपालिकामा घेराउ र नाराबाजी गरेको स्थानीयवासी रामकृष्ण श्रेष्ठले बताए।

ललितपुर सुनाकोठीका बासिन्दाद्वारा अनिश्चितकालिन सडक बन्द

ललितपुर - ललितपुरको सुनाकोठीका बासिन्दाले सडक बन्द गरेका छन् । लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै उनीहरुले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । विस्तारका लागि सडक भत्काएर अलपत्र छाड्दा धुलो र हिलोले आफूहरु पीडित भएको सुनकोठीका बासिन्दाले बताएका छन् । चार महिनाअघि पनि त्यहाँका बास...