कोशी टप्पु वन्यजन्तु आरक्ष परिसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय स्थापना भएको छ । नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार एक कार्यक्रमका बीच सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।